शिक्षा क्षेत्रको महत्त्वपूर्ण आधार स्तम्भ बिएलइ (बेसिक लेभल परीक्षा)को गत वर्षको नतिजालाई लिएर छानबिन समितिले प्रतिवेदन बुझाएको र सार्वजनिक गरिएको प्रतिवेदन कार्यान्वयनमा देखिएको अवरोधले जनप्रतिनिधिको सस्तो लोकप्रिय शैक्षिक हवको नारा भ्रमको खेती देखिए पनि यसको कार्यान्वयन अझै हुन सकेको छैन ।
यस्तै कोहलपुर नगरपालिका क्षेत्रको ऐतिहासिक नमुना विद्यालय त्रिभुवन माध्यमिक विद्यालयमा शिक्षक र विद्यार्थीबीचको दोहरो म्यासेन्जर कुराकानीबाट उत्पन्न विभिन्न घटनाक्रममा विद्यार्थी आन्दोलनको क्रममा तोडफोडको क्षति र आन्दोलनका घटनाहरूको छानविन प्रतिवेदन समेत सार्वजनिक गरिएको छैन । कोहलपुर नगरपालिका नगर शिक्षाको शैक्षिक हवको महत्वाकांक्षी नारालाई यी दुई मुद्दाहरूले यस क्षेत्रको शिक्षामा पारदर्शिता, जवाफदेहिता र विश्वासको गम्भीर प्रश्न खडा गरेका छन ।
विशेषतः बिएलइ परीक्षा शिक्षाको आधारभूत तहको अन्तिम परीक्षा हो, जसले विद्यार्थीको ज्ञानस्तरको मूल्यांकन गर्ने उद्देश्य राख्छ । गत वर्षको नतिजामा देखिएका त्रुटीपछिका विवादहरूका कारण छानविन समिति गठन गरिएको थियो । तर, प्रतिवेदनको कार्यान्वयन नभएपछि यसले शिक्षा क्षेत्रको पारदर्शीतामाथि गम्भीर प्रश्न उठाएको छ ।
यसले विद्यार्थी, अभिभावक तथा शिक्षकहरूमा विश्वासको संकट सिर्जना समेत गरेको छ । शिक्षामा हुने यस्ता त्रुटिहरूलाई गम्भीरतापूर्वक लिई छानविन प्रतिवेदन कार्यान्वयन गर्न सकिएको भए अहिलेको अवस्था फरक हुन सक्थ्यो । तर, जिम्मेवारी लिने निकायहरूको असंवेदनशीलताले गर्दा विद्यार्थीहरूमा नकारात्मक प्रभाव परेको छ ।
त्रिभुवन माध्यमिक विद्यालयमा शिक्षक विद्यार्थी म्यासेन्जर सम्वाद सार्वजनिक सँगै तरङ्गित भएको शैक्षिक माहोल आन्दोलनमा परिणत भयो । आन्दोलनले शैक्षिक भौतिक रुपमा केही क्षति पनि निम्त्याएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । आन्दोलन र उत्पन्न परिस्थितिको छानविन गर्न भनेर बनेको छानविन समितिले निर्धारित समयभन्दा झन्डै महिना दिन ढिला प्रतिवेदन बुझाएको थियो ।
छानविन समितिले प्रतिवेदन बुझाएको यति लामो समय बितिसकेको छ, तर प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरिएको छैन । यो आन्दोलनले शैक्षिक वातावरणलाई मात्र नभई विद्यार्थीहरूको भविष्यलाई पनि अन्योलमा पारेको थियो । आन्दोलनको छानविन प्रतिवेदन तयार रहेको प्रमाणित समेत भैसकेको भनिए पनि सार्वजनिक नगरिनुले यसको निष्पक्षता र विश्वसनीयतामा गम्भीर शंका उत्पन्न भएको छ ।
छानविन प्रतिवेदन सार्वजनिक नगर्नुको पछाडि लुकेको कारण के हो भन्ने प्रश्नहरू उठिरहेका छन । यसले प्रशासनप्रति विद्यार्थीहरूको विश्वास घटाएको छ भने आन्दोलनरत विद्यार्थी सरोकारवाला पक्षहरुलाई समेत शंकाको घेरामा ल्याएको छ । यस विषयमा इमान्दार छानबिन र निष्पक्ष न्यायको विश्वसनियताको लागि प्रतिबेदन सार्वजनिक गर्न आवश्यक छ ।
कोहलपुर नगरपालिकाको परिक्षा नतिजाको त्रुटि, एकै सिफ्टमा कक्षा सञ्चालनदेखि त्रिमावि विद्यार्थी आन्दोलन र आन्दोलनपछिको भूमिकालाई लिएर पनि धेरै आलोचना र आशंका रहेका छन् । नगरपालिकाले छानबिन समितिले औल्याएका त्रुटि कमजोरी र सिफारिस भएको कारबाहीको सिफारिसलाई लुकाउन खोजेको देखिन्छ ।
छानबिन समितिले विद्यालय प्रशासन, ब्यवस्थापन समिति, शिक्षक र आन्दोलनरत बिध्यार्थी नेतृत्वको थुप्रै गम्भीर गल्ती र त्रुटि औल्याउँदै कारबाहीका लागि समेत किटानी गरेको अवस्थामा नगरपालिकाले प्रतिवेदन लुकाएर संलग्न पक्षहरुलाई दोषमुक्त बनाउन खोजेको देखिन्छ ।
एकातिर छानविन समितिको प्रतिवेदन लुकाएको छ अर्कोतिर एसइई परिक्षा केन्द्र सम्बन्धी कोहलपुर नगर प्रमुख र तत्कालीन प्रमुख जिल्ला अधिकारीबीच भ्रष्टाचार अनियमितता र सौदावाजीको गम्भीर आरोपप्रत्यारोपको शृङ्खला चल्छ । यसले शैक्षिक क्षेत्रमा अन्यौलता निरासा र विकृतीको पुष्टि हुँदा पनि टिकाटिप्पणी भएको देखिदैन ।
तर एक्कासि गठित छानविन समिति, विद्यालय ब्यवस्थापन समिति र नगर कार्यपालिकामा समेत उपस्थित रहेको राजनीतिक दलको मर्यादित एवं पारदर्शिताको माग राख्दै प्रेस विज्ञप्ति एकाएक सञ्चारमाध्यममा आएको छ । प्रकाशित प्रशारित प्रेस बिज्ञप्तिमा कहिँकतै त्रिभुवन माध्यमिक विद्यालयको घटना, आन्दोलन, परिक्षा केन्द्रको विवादास्पद कुरा उल्लेख गरिएको छैन ।
उदाहरणको रुपमा आधारभूत तहको परिक्षा नतिजा त्रुटि र विवाद उल्लेख गरिएको देखिन्छ । यसले छानविन समितिले औल्याएका कमजोरी त्रुटि र कारबाहीको जिम्मेवारीबाट पन्छिन खोजेको नगरपालिकालाई समर्थन र दोषीलाई उन्मुक्ति दिन खोजेको हो आशंका उब्जिएको छ ।
कोहलपुर नगरपालिका कार्यालयका यस्ता विवादास्पद कार्यहरूले समग्र शिक्षा क्षेत्रमा रहेको कमजोरी हटाउनेभन्दा प्रोत्साहन गर्ने देखिन्छ । आन्दोलनरत विद्यार्थीहरू न्याय खोजिरहेका थिए न त पीडितले न्याय पायो न त घटनाको फाइदा लिन खोज्ने तत्वको पहिचान सार्वजनिक गरि कारबाही भयो यसले दोहोरो रणनीति मिलेमतो चलखेल शंका आशन्का सबै पुष्टि भयो ।
आधारभूत र माध्यमिक तहका परीक्षा सुरू भएको यो समयमा विद्यार्थीहरूमा उत्साह र डरको मिश्रित भावना छ । विगतका विवादहरूलाई लिएर अहिलेको परीक्षा प्रणालीमा पनि प्रश्न उठ्ने सम्भावना स्वभाविक छ । यो बेला प्रशासनले पारदर्शीता, जवाफदेहिता र निष्पक्षता देखाउन आवश्यक छ ।
शिक्षा प्रणालीको सुधार र विश्वासको पुनःनिर्माणका लागि छानविन प्रतिवेदनहरूको निष्पक्ष कार्यान्वयन, दोषीलाई कारबाही र निर्दोषलाई न्याय दिनुपर्ने आवश्यक छ । शिक्षा क्षेत्रमा विश्वसनीयता र विश्वासको वातावरण निर्माण गर्न प्रशासनले देखावटी होइन, यथार्थपरक प्रयास गर्नुपर्छ ।
हामीले आशा गर्नुपर्छ कि विगतका त्रुटिहरूलाई सुधार गरेर आगामी परीक्षा प्रणाली निष्पक्ष, पारदर्शी र विद्यार्थीमैत्री हुनेछ । विद्यार्थीहरूको भविष्य सुरक्षित बनाउने जिम्मेवारी राज्य र प्रशासनले बिर्सनुहुँदैन । अबको शिक्षा प्रणालीले भरोसा गर्न योग्य बन्नुपर्छ, किनभने यसमा राष्ट्रको भविष्य अडिएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
भुमबहादुर भण्डारी । युवा नेता एवं समाजसेवी