कर्णाली प्रदेशमा आगामी वर्ष जेठमा हुने दशौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक भएको छ । मंगलबार एक कार्यक्रमका बीच लोगो र मस्कट सार्वजनिक गरिएको हो । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले रिमोट थिचेर लोगो र मस्कट सार्वजनिक गरेका हुन् ।
मन्त्री चौधरीसँगै राखेप उपाध्यक्ष ध्रुव आचार्यले भौतिक रुपमा लोगो र मस्कट अनावरण गरे । लोगो र मस्कट दुवै विकास तमकुजुले बनाएका हुन् । मस्कटमा रेड पाण्डा (हाब्रे) राखिएको छ भने लोगोमा सात रङ, चन्द्र र सुर्य अंकित छ । मन्त्री चौधरीले लोगो निकै राम्रो बनेको उल्लेख गरे ।
‘लोगो निकै आकर्षक छ । कर्णाली प्रदेशको भुगोल र माटोसँग मिल्ने छ,’ उनले भने । दशौं राष्ट्रिय खेलकुदका लागि खेलाडी दर्ता अनलाइनबाट हुने भएको छ । खेलाडी दर्ता पोर्टल पनि कार्यक्रममार्फत लञ्च गरिएको छ जहाँ खेलाडी र प्रशिक्षकले आफ्नो नाम दर्ता गर्ने सक्नेछन् । सँगै दशौं राष्ट्रिय खेलकुदको डेडिकेटेड अनलाइन पोर्टल पनि सार्वजनिक गरिएको छ ।
दशौं राष्ट्रिय खेलकुद २०८२ जेठ ३–१० सम्म कर्णाली प्रदेशमा हुने तय छ । खेलकुद प्रतियोगिताको मिति दोस्रोपटक सरेर तेस्रो पटक तोकिएको हो । सुरुमा २०८१ मंसिरमा गर्ने तय भएपनि सरेर २०८१ चैतमा पुगेको थियो । त्यसपछि फेरि सरेर २०८२ साल जेठमा हुने तय भएको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं