चालू आर्थिक वर्षको आठ महिनामा बाँकेका ६९ वटा व्यावसायिक फर्मलाई कारबाही गरेर १० लाख ५० हजार जरिवाना गरेको छ । सो अवधिमा इजाजत नलिएको, म्याद गुज्रेका वस्तुको बेचबिखन गरेको, मूल्य सूची नराखेको लगायत कसुरमा ती फर्मलाई कारबाही गरिएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेबाट आयात र निर्यातका लागि इजाजत दिने, बजार अनुगमन गर्ने र विद्यालय उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख हरिबहादुर खत्रीले जानकारी दिए ।
लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, प्युठान, रोल्पा र पूर्वी रुकुम र कर्णाली प्रदेशका सबै जिल्ला गरी १६ जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर असर गर्ने गरी उपभोक्ताको अधिकार हनन गर्नेलाई कारबाहीको दायरामा ल्याउन नियामक निकायलाई सुझाव दिएको छ ।
कार्यालयका प्रमुख खत्रीका अनुसार कार्यालयले आर्थिक वर्ष २०७८–०७९ मा ४३, आव २०७९–०८० मा ३५ र आव २०८० –०८१ मा १४० फर्मलाई कारबाही गरेर ३२ लाख ९५ हजार जरिवाना असुल गरेको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके