अमेरिकी च्यारिटी संस्था डाइरेक्ट रिलिफमार्फत नेपाललाई प्राप्त हुने पक्षाघात (स्ट्रोक) का बिरामीका लागि निःशुल्क औषधी आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले पक्षाघातका बिरामीका लागि महँगो र दुर्लभ औषधी नेपाल आइपुगेको जानकारी दिए ।
डाइरेक्ट रिलिफले पहिलो चरणमा ८०० भाइल ‘अल्टिप्लेस रिकम्बिनेन्ट २० मिलिग्राम औषधी नेपाल पठाएको हो । मन्त्रालयले मापदण्ड बनाएर औषधी वितरण गर्ने जानकारी दिँदै पहिलो चरणमा वीर अस्पताललगायतका सरकारी र दोस्रो प्राथमिकतामा निजी अस्पतालमा वितरण गरिने उनले बताए ।
उनले एक हप्ताभित्रमा औषधी वितरण गरिने जानकारी दिँदै पक्षाघातका बिरामी मन्त्रालयमा डेलिकेसन आएकाले मन्त्रालयले अमेरिकी संस्थासँग माग गरेको बताए । औषधीको एक मात्रा सेवन गरेमा धेरैको ज्यान जोगिने उनको भनाइ छ । उनले नेपालमा सहजै उपलब्ध हुनसमेत गाह्रो हुने सो औषधीको एक मात्राको मूल्य नेपालमा झन्डै एक लाख ६० हजार पर्ने बताए ।
सरकारी अस्पतालमा उपचाररत बिरामीका लागि निःशुल्क औषधी उपलब्ध गराउन दुई महिनाअघि गत ४ माघमा स्वास्थ्य मन्त्रालय र डाइरेक्ट रिलिफबिच सम्झौता भएको थियो । सोही अनुसार अहिले औषधी आएको मन्त्रालयले बताएको छ ।
नेपालका न्युरो फिजिसियनसहितका विज्ञले दिएको सुझाव अनुसार औषधी आएको भन्दै उपचारमा संलग्न चिकित्सक र उपचार विवरण अनुसार एक वर्षमा करिब ८०० भायल भए पुग्ने देखिएकोले वर्ष दिनलाई पुग्ने गरी पहिलो पटक औषधी आएको हो । डा.बुढाथोकीले पाँच वर्षसम्म निःशुल्क औषधी उपलब्ध हुने जानकारी दिए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं