संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ लेबननमा रहेका नेपाली सैनिकको डफ्फा परिवर्तन गरिएको छ । लेबननमा तैनाथ ६५औं डफ्फाको टोलीलाई परिवर्तन गरिएको हो ।
लेबननमा प्रमुख सेनानी सुमन सिलवालको नेतृत्वमा ६६औं डफ्फाको १९३ जना टोली पठाइएको छ । प्रमुख सेनानी अर्जुन विक्रम थापाको नेतृत्वमा सोही मिसनबाट ६५औँ डफ्फाको १९३ टोली सोमबार स्वदेश फिर्ता भएको छ ।
उक्त मिसनमा नेपाली सेनाबाट डेपुटी फोर्स कमान्डर, सैनिक पर्यवेक्षक, स्टाफ अधिकृत र एकवटा गण गरी कुल ८७६ जना शान्ति सैनिकहरू कार्यरत छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं