नसर्ने रोग पहिचान सम्बन्धी एक महिने अभियान अन्तरगत बाँकेको खजुरा गाउँपालिकामा सबैभन्दा धेरै ‘सुगर’का बिरामी फेला परेका छन् । फागुन महिनाभर देशभर सञ्चालन गरिएको नसर्ने रोग पहिचान सम्बन्धी एक महिने अभियानका क्रममा खजुरा गाउँपालिकामा ‘सुगर’का बिरामी सबैभन्दा धेरै फेला परेको खजुरा गाउँपालिकाले जनाएको छ ।
खजुरा गाउँपालिका स्वास्थ्य शाखाका अनुसार खजुरामा सबैभन्दा धेरै २६४ जना सुगरका विरामी फेला परेका छन् । अभियान अवधिभर स्वास्थ्य जाँच गरिएका एक हजार ४३४ जनामध्ये २६४ जना सुगरका विरामी फेला परेका खजुरा गाउँपालिका स्वास्थ्य शाखा प्रमूख लक्ष्मी केसीले जानकारी दिइन् ।
खजुरा गाउँपालिका स्वास्थ्य शाखा प्रमूख लक्ष्मी केसी ।
स्वास्थ्य जाँच गरिएका मध्ये उच्च रक्तचाप (ब्लड प्रेसर)का २२० जना र मृगौला (किड्नी) सम्बन्धी समस्याका १४३ र केही क्यान्सरको आशंका गरिएका बिरामी फेला परेको र उनीहरुको उपचारमा आवश्यक समन्वय गरिएको स्वास्थ्य शाखा प्रमूख केसीले बताइन् । उनका अनुसार यो अभियान अन्तरगत निःशुल्क स्वास्थ्य शिविरका साथै सर्वसाधारणलाई नसर्ने रोगबाट बचाउन प्रचारात्मक अभियान सञ्चालन गरिएको थियो ।
स्वास्थ शाखा प्रमुख केसीका अनुसार खजुरा गाउँपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखाको आयोजनामा सञ्चालनमा रहेको स्वाथ्य शिविरमा स्त्री रोग विशेषज्ञ, जनरल फिजिसन चिकित्सक सहितको सेवा प्रदान गरिएको थियो । गाउँपालिकाका प्रवक्ता समेत रहेका खजुरा गाउँपालिका वडा नं. २ का वडाध्यक्ष धनराम ओलीले कार्यक्रम निकै प्रभावकारी भएको भन्दै अभियानको प्रशंसा गरे ।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिकले राष्ट्रिय अभियानसँगै स्थानीय सरकारले जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै शिविरहरु सञ्चालन गरिएको जनाए । खजुरालाई स्वास्थ्यमा चेतनशिल बनाउन शिविरका साथै अन्तरक्रिया कार्यक्रमहरु समेत सञ्चालन गरिरहेको अध्यक्ष बिकले बताए । अभियान समापनको दिन सीतापुरमा स्वास्थ शिविर र जनचेतनामूलक कार्यक्रम गरिएको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके