रंगहरूको पर्व होली संघारमा आइपुगेको छ । यही बिहीबार र शुक्रबार देशभर होली मनाइँदैछ । होली खासगरी रंग एक आपसमा रंग लगाएर खेलिन्छ । साथै होलीमा पानीको पनि प्रयोग हुने गरेको छ ।
होली खेल्दा केही कुराहरूमा ध्यान दिनुपर्छ किनभने रंगमा पाइने रसायनहरूले आँखा र छालालाई हानि पुर्याउन सक्छ । रंगसँग खेलेपछि यसलाई हटाउन केही कुराहरूमा ध्यान दिनुपर्छ ताकि रंग सजिलै हटाउन सकियोस् । छाला रोग विशेषज्ञहरुका अनुसार निम्न कुरामा ध्यान दिनुपर्छ ।
- होली खेल्नुअघि टाउकोदेखि पाउसम्म तेल लगाउनुपर्छ । महिला होस् वा पुरुष, दुवैले तेल लगाउनुपर्छ । कपालमा टाउकोको तल्लो भागसम्म तेल लगाउनुहोस् । एक दिन अगाडि कपाल धुनु आवश्यक छैन ।
- यदि तपाईंको शरीरमा कुनै चोटपटक छ भने त्यहाँ पट्टी लगाउनुहोस् र यदि काटिएको छ भने त्यसमा टेप लगाउनुहोस् ताकि रंग त्यहाँ नपरोस् ।
- यदि तपाईंको अनुहारमा डण्डीफोर छ वा कतै अन्य कुनै रोग, फोका वा एक्जिमा छ र तपाईंले औषधि लगाउनुहुन्छ भने औषधि लगाएपछि तेल लगाउनुहोस् ।
- होली खेल्नुअघि महिला वा केटीहरूले आफ्नो नङमा गाढा नेलपालिस लगाउनुपर्छ ताकि रंग नङको भित्रसम्म नजाओस् ।
- रंग खेल्नुअघि पुरुष र महिला दुवैले सनस्क्रिन बेस लगाउनु पर्छ र त्यसपछि तेल लगाउनुपर्छ ।
- चस्मा लगाएको राम्रो । चस्मा लगाउँदा रंग आँखामा पुग्दैन र कुनै हानि गर्दैन ।
- होली खेल्न सामान्य सुती कपडा लगाउनुहोस् । होलीपछि प्रयोग गर्न नहुने वा अर्को होलीमा मात्र प्रयोग गर्ने लुगाहरू ।
- होली खेलेपछि ढिलो नगरी रंग धुनुहोस् । त्यहाँ तपाईं बरफ वा दही राख्न सक्नुहुन्छ । एलोभेरा जेल पनि प्रयोग गर्न सकिन्छ ।
- रंगमा भएको रसायनका कारण तिनीहरू छालाको भित्रसम्म पुग्न सक्छन् । त्यसैले होलीपछि कम्तिमा पाँच दिनसम्म ब्यूटी पार्लर नजानुहोस् ।
- अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, पानी र रंगहरूको उत्सवमा भाग लिँदा पर्याप्त पानी पिउनुहोस् । शरीरमा पानीको कमी हुनु हुँदैन ।
सत्यपाटी संवाददाता । काठमाडौं