टीकाराम ढकालको रचना र दिजराज पौडेलको स्वरमा ‘छोरो गयो परदेश’ बोलको गीत सार्वजनिक भएको छ । बिहीबार राजधानीमा उक्त गीतको भिडियो ‘ढकाल टिआर’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी टीकाराम ढकालले रचना गर्नुभएको गीतमा सङ्गीत डिआर हमालले गरेका हुन् ।
कपिल कार्कीको निर्देशनमा तयार भएको भिडियोमा वरिष्ठ कलाकार नारायण खतिवडा, दीपेन्द्र खड्का, स्वयम् गीतका रचनाकार ढकाल, मञ्जु श्रेष्ठ र आरभ ढकालले अभिनय गरेका छन् । गीतमा विशेष गरी स्वदेशमा रोजगारी नभएर विदेश जाने आमनेपाली युवाले भोगेको वस्तुस्थितिलाई जस्ताको त्यस्तै गीत र भिडियोमार्फत बाहिर ल्याउन खोजिएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं