पछिल्लो समय क्राफ्ट बियरको प्रयोग बढिरहेको भारत यस्तो पुरुष प्रधान देश हो, जहाँ अझै पनि महिलाहरू खुलम्खुला मदिरापान गर्न सक्दैनन् । तर त्यही भारतमा एक महिला छिन्, जो क्राफ्ट बियर संस्कृतिको दुनियाँमा जबरजस्त चर्चित छिन् । वर्षा भाट भारतका लागि एक दुर्लभ उदाहरण हुन्, पहिलो मदिरा बनाउने महिलाका रूपमा र दोस्रो मदिरा पिउने महिलाका रूपमा ।
३८ वर्षीय भाट बियरको दुनियाँमा छिर्दै गर्दा धेरैको व्यंग्य सहिसकेकी छन् । ‘बियरको विशेष स्वादको परख गर्ने मांसपेशी छ कि छैन, कामको दबाब सम्हाल्न पर्याप्त शान्त छौ कि छैनौं ? लगायत उनले प्रश्नको सामना उनले गरिसकेकी छन् । भाट न ती प्रश्नसँग भागिन् न त व्यंग्यसँग । मदिराजन्य उद्योगमा एक दशकपछि उनी अहिले बैंगलुरूको सबैभन्दा लोकप्रिय पबमध्ये एकमा हेड ब्रुअर बन्न सफल भएकी छन् ।
त्यहाँ उनले आफ्नो क्षमताले सहरका धनी र प्रविधिमैत्री युवासँग काम गरिरहेकी छन् । ‘एक महिलाले गर्न नसक्ने केही पनि छैन जुन एक पुरुषले गर्न सक्छ । रेसिपी विकासदेखि, शारीरिक कामसम्म, टोली व्यवस्थापनसम्म,’ भाटले भनिन्, ‘हामीले अगाडि आउन र यो गर्न सक्छौँ भनेर भन्नका लागि यो कदम चालेका छौँ । हामी कलंकका रुपमा रहेका ती रूढीवादी र बाधाहरू तोड्दैछौँ ।’
सरकारी तथ्यांकअनुसार भारतका ९९ प्रतिशत महिलाले मदिरापान गर्दैनन् । तर, बैंगलुरू अन्य ठाउँभन्दा मदिरा संस्कृतिका लागि उदार र चर्चित छ । भाट कार्यरत प्रख्यात प्रविधि उद्योगले प्रायः कुलीन विश्वविद्यालयहरूबाट आउने युवा र उच्च शिक्षित वर्गलाई सेवा दिन्छ । यसले बेंगलुरुको फस्टाउँदो क्राफ्ट बियर बारहरूमा जोडदार व्यापार प्रदान गर्दछ । बेंगलुरुमा घरभित्रै ब्रुअरी छन् जसले सयौँलाई रोजगारी दिन्छन् ।
यसले नयाँ मान्छेसँग भेट हुन उत्सुकता त जगाउँछ नै, ग्राहकलाई पनि पैसा खर्च गर्न तयार पार्छ । आधिकारिक तथ्यांकअनुसार काम गर्ने उमेरका महिलामध्ये २५ प्रतिशतमात्र औपचारिक रूपमा रोजगारीमा रहेको भारतमा सहरको कार्यबल एउटा अनौठो उदाहरण हो । तुलनात्मक रूपमा तिनीहरूले बेंगलुरुका प्रविधि फर्महरूमा काम गर्नेहरूको लगभग ४० प्रतिशत हिस्सा ओगटेका छन् । यो सहरको भारतका अन्य ठाउँबाट महत्त्वाकांक्षी महिलाहरूलाई आकर्षित गर्ने क्षमताको प्रमाण हो ।
तीमध्ये ठूलो संख्यामा कामपछि बारहरूमा साथीहरूसँग चर्को आवाजमा कुराकानी गरिरहेको देखिन्छ । तीमध्ये ३२ वर्षीया लिनेट पाइरेस पनि एक हुन् । उनी औषधि अनुसन्धानकर्ताका रूपमा काम गर्न बेङ्गलुरु गएकी थिइन् । तर, चाँडै आफूलाई पेय पदार्थ बनाउने व्यवसायमा लगाइन् । सहरको दक्षिणमा फस्टाउँदो बाहिरी बियर गार्डेनमा ब्रुअर बन्ने पाइरेसको बाटोले आफूलाई गम्भीरताका साथ लिन अस्वीकार गर्ने पुरुष सहकर्मीहरूमाथि आफूलाई दाबी गर्न बाध्य तुल्यायो ।
‘त्यहाँ अधिकांश पुरुष–प्रभुत्व भएको कोठामा उभिएर विचार व्यक्त गर्न वा तिनीहरूलाई सुन्न लगाउन कोशिस गर्नुपर्छ । त्यो कसरी पार गर्ने र पछाडि छोड्ने सिक्नुपर्छ,’ उनले भनिन् । चार वर्षअघि उनले महिला ब्रुअर्स कलेक्टिभ स्थापना गरिन् । यसले सहरका ब्रुपबमा काम गर्ने दर्जनौँ अन्य महिलासँग मिलेर पछि आउनेहरूका लागि बाटो सहज बनाउने लक्ष्य राखेको छ । ‘म निश्चित रूपमा अन्य महिला ब्रुअरहरूका लागि एक रोल मोडेल बन्न चाहन्छु,’ पाइरेसले भनिन्, ‘उद्योगमा प्रवेश गर्ने अन्य महिलाहरूलाई प्रेरित गर्न र विकास गर्न मद्दत गर्ने कुरा यही हो ।’
भाट र पाइरेस आफ्नै सहरमा पथप्रदर्शक भए तापनि महिलाहरू प्राचीन कालदेखि नै मदिरा बनाउने उद्योगका आधारस्तम्भ रहेका छन् । पहिलो अभिलेखित बियर रेसिपी १८०० ईसा पूर्वमा माटोको टुक्रामा बियरको सुमेरियन देवी निन्कासीको सम्मानमा लेखिएको मानिन्छ । त्यही समयतिर मेसोपोटामियामा प्राचीन कानुनहरूमध्ये एक हम्मुराबीको संहितामा महिला पानपसल मालिकहरूको उल्लेख गरिएको थियो ।
‘मानिसहरूले यो पुरुषको पेय हो भन्छन् भने यो पागलपन र अलि अपरिपक्व र अज्ञानता हो,’ भारतको बियर उद्योगबारे पोडकास्ट होस्ट गिरिजा चट्टीले भनेका छन् । भारतमा मदिरापानलाई प्रायः तिरस्कार गरिन्छ । स्वतन्त्रता नेता महात्मा गान्धी स्वयं उन्मूलनको पक्षमा सबैभन्दा कडा आवाजमध्ये एक थिए । भारतको सन् १९४९ को संविधानले सरकारलाई ‘औषधीय उद्देश्यहरू’ बाहेक मदिरापानमा रोक लगाउन आदेश नै दिएको थियो । तर केही राज्यमा निषेधाज्ञा बाहेक अन्य खण्डमा लागू नै भएन । मदिरापान भारतीयहरूको सानो अल्पसंख्यकमा पनि लिंग बीचको विभाजन स्पष्ट छ ।
सन् २०२२ मा प्रकाशित सरकारी स्वास्थ्य सर्वेक्षण अनुसार महिलाहरू भन्दा लगभग १५ गुणा धेरै पुरुषहरूले मदिरापान गर्छन् । बारहरूमा जाने थोरै महिलाहरूका बीचमा त्यो विभाजन र त्यसको सामाजिक प्रभाव अझै पनि सजिलै देख्न सकिन्छ । चट्टीले वेटरहरूले पहिलो स्थानमा माग्ने महिलाको सट्टामा टेबलमा बसेको कुनै पनि पुरुषलाई पेय पदार्थको मेनु हस्तान्तरण गर्ने नियमित उदाहरणलाई उद्धृत गर्छन् । ‘यदि महिलाहरूले कटु पुरुषहरूलाई सम्हाल्न सक्छन् भने उनीहरू कटु बियरलाई राम्रोसँग सम्हाल्न सक्छन्,’ उनले हाँस्दै भनेका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं