त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि, स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले शुक्रबार सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय तय भएको छ ।
फागुन १९ गते सङ्घ, सङ्गठन दर्ता गर्ने, फागुन २१ गते मतदाता सूची प्रकाशन गर्ने, फागुन २५ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने, २६ गते प्रत्यक्ष र समानुपातिक उम्मेदवारको लागि मनोनयन वितरण, २७ गते अन्तिम उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका सार्वजनिक भएको छ ।
फागुन २८ गते उम्मेदवारको नामावली उपर दाबी बिरोध एवम् छानबिन गर्ने, फागुन २९ गते उम्मेदवारको दुवैतर्फको अन्तिम नामावली प्रकाशन गर्ने र चैत ५ गते मतदानको कार्यतालिका तय भएको छ । निर्वाचन सकिएपछि मतगणना सुरु हुने त्रिवि, स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं