२०८१ फागुन ५ गते सोमवार, १७ फेब्रुवरी २०२५ । फाल्गुण कृष्णपक्ष पञ्चमी तिथि । चित्रा नक्षत्र । चन्द्रराशि कन्या, १६ः३४ बजेपछि तुला ।
हिम्मत बढ्नेछ भने रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । केही प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो फाइदा उठाउन सकिनेछ । बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउने समय छ । आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन् । साँझदेखि व्यापार बढ्नुका साथै व्यवसायमा मनग्य लाभ हुनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने आकर्षक उपहारले उत्साह जगाउनेछ ।
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ । आर्थिक लाभ हुने काम पनि सम्पादन हुनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग भने लाभदायी बन्नेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ । प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने उपलब्धि जोगाउन सफल भइनेछ ।
मान्यजनको मार्गदर्शन अनुचित लाग्न सक्छ । कमजोर विकल्प अँगाल्नाले कुनै अवसर गुम्न सक्छ । प्रतीक्षित नतिजा कमजोर देखिनेछ र चुनौतीहरूसँग जुध्नुपर्नेछ । सहयोगीहरूले साथ दिए पनि प्रगतिमा ईष्र्या गर्नेहरूले दुःख दिनेछन् । तापनि साँझतिर स्थितिमा सुधार आउनाले उत्साह जाग्नेछ । नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ । पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ ।
दिनभरि विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा पनि फाइदा हुनेछ । काममा श्रम परे पनि राम्रो प्रतिफल प्राप्त हुनेछ । व्यापारमा मनग्य लाभ हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ । अवसरले उत्साह जगाउनेछ । साँझतिर केही घरायसी समस्याले पिरोल्न सक्छ । अरूको मुख ताक्ने बानीले पछि परिनेछ । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला ।
विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ । चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने अवसर प्राप्त हुनेछ । साँझतिर उद्योग र व्यापारमा विशेष लाभ हुनेछ ।
सफलताले हिम्मत दिलाउनेछ । प्रयत्न गर्दा राम्रै काममा जग बसाउने मौका छ । दिगो फाइदा हुने काम प्रारम्भ होला । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । भेटघाटले समेत उत्साह बढाउला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । मान–सम्मान प्राप्त होला । साँझतिर विवादास्पद कामको जिम्मेवारी आउन सक्छ । परिस्थितिवश सञ्चित रकम खर्च गर्नुपर्ने हुन सक्छ ।
खर्चिलो कामले अर्थ अभावको स्थिति रहनेछ । आफन्तजनबाट टाढिनुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ । लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ । अवसरका लागि कडा परिश्रम गर्नुपर्ला । साँझतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ । आफन्तका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । स्वास्थ्य भने कमजोर रहनेछ ।
आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन् । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्ने समय छ । छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ । व्यापारमा मनग्य फाइदा हुनेछ । साँझतिर आफ्नो रकम अरूका लागि खर्च हुनेछ । आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ला । आँटेको काम पनि रोकिन सक्छ ।
आजको दिन केही संघर्षमय रहने देखिन्छ । जिम्मेवारी थपिए पनि स्वास्थ्य कमजोर रहनाले काममा बाधा पुग्नेछ । धेरै समय अरूका लागि खर्चनुपर्ला । तापनि कर्मयोगले नाम, दाम र इनाम दिलाउन सक्छ । साँझदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ । उठ्नुपर्ने रकम हातलागी हुनेछ । कृषि, पशुपालन र व्यापारमा फाइदा हुनेछ ।
रोकिएको काम बन्नाले उत्साह जाग्नेछ । मिहिनेतले लक्ष्यमा पुग्न सकिनेछ । अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । नयाँ काममा हातहाल्ने समय छ । पेसा–व्यवसायमा मनग्य फाइदा उठाउने बेला छ । साँझदेखि दिगो काम प्रारम्भ हुनेछ । परिश्रमले धेरैको मन जित्न सकिनेछ । मिहिनेतले लोकप्रियता हासिल गर्न समेत सफल भइनेछ ।
अस्वस्थताले काममा बाधा पुग्न सक्छ । खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला । समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन् भने बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । साँझदेखि स्थिति अनुकूल बन्दै जानेछ । श्रम परे पनि लगनशीलताले केही उपलब्धि दिलाउन सक्छ । सामाजिक कामतर्फ ध्यान जानेछ । समय लागे पनि दिगो योजना बनाउन सकिनेछ ।
प्रियजनसँग भेटघाट हुनाले दिन रमाइलो रहनेछ । रमाइलो स्थान भ्रमण गर्ने अवसर पनि प्राप्त हुनेछ । परिस्थिति कमजोर देखिए पनि अतिथिका रूपमा सत्कार पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । व्यापार–व्यवसायमा आम्दानी बढ्नेछ । साँझदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं