रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया जाने श्रमिकले विगतभन्दा सस्तो दरमा हवाई टिकट पाएका छन् । सस्तोमा टिकट पाउँदा श्रमिकलाई राहत भएको छ । अहिले श्रमिकले ७३ हजार रुपैयाँ सस्तोमा टिकट पाएका हुन् ।
इपिएसमार्फत दक्षिण कोरिया जाने श्रमिकले महँगो मूल्य तिरेर सिधा उडानबाट जानुपर्ने बाध्यतालाई अन्त्य गरी ट्रान्जिट हुने व्यवस्था गरेसँगै त्यहाँ जाने श्रमिकलाई आर्थिक रूपमा ठुलो राहत भएको हो । यसअघि इपिएसबाट दक्षिण कोरियामा रोजगारीमा जानेलाई सिधा उडानमा कोरियन एयरलाइन्सको एकाधिकार थियो ।
विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले इपिएस प्रणालीमार्फत दक्षिण कोरिया जाने श्रमिकलाई ट्रान्जिटमार्फत जान पाउने व्यवस्थाले प्रतिश्रमिक करिब ४९ हजार रुपैयाँको टिकटमा कोरिया पुग्ने व्यवस्था कार्यान्वयन भएको जानकारी दिए । उनका अनुसार यसअघि कोरिया एयरलाइन्सको सिधा उडानबाट जाँदा प्रतिव्यक्ति एक लाख २२ हजार रुपैयाँ तिर्नुपथ्र्यो ।
ट्रान्जिटको व्यवस्था गर्नेबित्तिकै प्रतिश्रमिक ७३ हजार रुपैयाँ हवाई भाडा सस्तिएको छ । नेपाल सरकारको पटक पटकको आग्रहपछि कोरिया सरकार ट्रान्जिट हुने हवाई टिकटबाट श्रमिक लैजाने कुरामा सहमत भएको महानिर्देशक खत्रीले जानकारी दिए ।
‘सकेसम्म आफैँ टिकट लिन पाउने व्यवस्थाको प्रस्तावमा सहमत नभए पनि ट्रान्जिट उडानका लागि कोरियालाई मनाउन सफल भयौँ,’ उनले भने । महानिर्देशक खत्रीले पछिल्ला वर्ष वार्षिक औसत १५ हजार श्रमिक दक्षिण कोरिया जाने गरेको र यो व्यवस्था कार्यान्वयनले अबका वर्षमा श्रमिकको एक अर्बभन्दा बढी रकम जोगिने दाबी गरे ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं