गाजामा इजरायल र हमासबीच युद्ध रोकिएसँगै नेपालीहरू विपिन जोशीको रिहाइको पर्खाइमा रहेका छन् । सरकारले उनी जीवित रहेको र चाँडै फर्कने दाबी गर्दै आएको छ, तर ठोस जानकारी छैन । यसबीच, इजरायल सरकारले पनि उनी जीवित रहेको पुष्टि गरेको छ ।
हमासले आज रिहा गर्ने इजरायली बन्धकहरूको जानकारी दिँदै, अधिकारीहरूले नेपालका जोशी जीवित रहेको बताएका छन् । टाइम्स अफ इजरायलका अनुसार, आज रिहा हुनेमा २९ वर्षीय अर्बेल येहुद, १९ वर्षीय अगम बर्गर, र ८० वर्षीय गाडी मोशे मोजेस रहेका छन् । हमासले इजिप्ट र कतारमार्फत इजरायललाई यी नाम दिएको हो ।
आज पाँच थाइ बन्धकहरूलाई पनि हमासले रिहा गर्नेछ, तर उनीहरूको पहिचान खुलाइएको छैन । द टाइम्स अफ इजरायलका अनुसार, गाजामा अझै आठ थाइ बन्धकहरू, एक नेपाली, र एक तान्जानियन रहेका छन् । तर, दुई थाइ नागरिक र एक तान्जानियालीको भने मृत्यु भइसकेको छ । आज रिहाइको समय र स्थान अझै अनिश्चित छ किनभने बन्धकहरू फरक–फरक समूहको नियन्त्रणमा छन् ।
गत वर्ष १९ जनवरीमा सुरु भएको युद्धविराम र बन्धक रिहाइ सम्झौता अन्तर्गत हालसम्म सात महिला बन्धकहरू (तीन नागरिक र चार जना सैनिकहरू) रिहा भएका छन् । मोजेस यस सम्झौता अन्तर्गत मुक्त हुने पहिलो पुरुष बन्धक हुनेछन् । आज रिहा हुने तीन बन्धकको बदलामा, इजरायलले ११० प्यालेस्टिनीलाई रिहा गर्नेछ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं