सूचनाको शक्ति - The Power Of Information

        

माधव नेपाललाई पार्टी विभाजनको चिन्ता

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी विभाजनका लागि स्वयं पार्टीभित्रैबाट प्रयास भइरहेको स्वीकार गरेका छन् । अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशिका–४ जारी गर्दै सो स्वीकारोक्ति गरेका हुन् । जारी अपानीमा हाम्रो पार्टीलाई बाहिरबाट आक्रमण गर्ने र भित्रबाट विभाजित गर्ने अनेक षड्यन्त्रहरू हुँदै आएको जनाइएको छ । ‘हामीलाई बाहिरबाट आक्रमण गर्ने र भित्रबाट विभाजित गर्ने अनेक षड्यन्त्रहरू हुँदै आएका छन्, जसलाई हामीले सामना गर्दै आएका छौं,’ नेपालले जारी गरेको अपानिमा भनिएको छ ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले टुटफुट र गुटभन्दा माथि उठेर पार्टी निर्माणका लागि जुट्न आह्वान गरेका छन् । ‘आन्तरिक एकता, जनजागरण तथा जनपरिचालन र आन्दोलनद्वारा ती सबैको उत्तर दिँदै पार्टीलाई मुलुकको अपरिहार्य क्रान्तिकारी शक्तिका रूपमा विकास गर्न अघि बढौँ । अनेक चुनौतिहरू छन्तर हाम्रा कमजोरी र सामथ्र्यलाई पहिचान गरेर अगाडि बढदा हाम्रा अगाडि झन् धेरै सम्भावना छन् भन्ने तथ्यलाई आत्मसात गर्दै अगाडि बढौँ,’ उनले अपानिमा भनेका छन् ।

अध्यक्ष नेपालले वर्तमान सत्ता गठबन्धन दुस्चक्रमा फसेको उल्लेख गरेका छन् । ‘अहिलेको सत्ता गठबन्धन केवल अराजनीतिक साँठगाँठ हो भन्ने हाम्रो विश्लेषण झनपछि झन पुष्टि हुँदै गएको छ । त्यसका अयोग्यताले आम असन्तुष्टि बढ्ने र सत्ताको नालायकी अझ गम्भीर बन्दै जाने दुश्चक्रमा यो गठबन्धन फस्दै गएको छ । त्यसले हाम्रो पहलकदमीका लागि अनुकुलता नै थपेको छ,’ माधवले जारी गरेको अपानिमा भनिएको छ ।

अपानीमा भनिएको छ, ‘जसलाई हामीले सामना गर्दै आएका छौँ । आन्तरिक एकता, जनजागरण तथा जनपरिचालन र आन्दोलनद्वारा ती सबैको उत्तर दिँदै पार्टीलाई मुलुकको अपरिहार्य क्रान्तिकारी शक्तिका रूपमा विकास गर्न अघि बढौँ । अनेक चुनौतीहरू छन्, तर हाम्रा कमजोरी र सामथ्र्यलाई पहिचान गरेर अगाडि बढदा हाम्रा अगाडि झन् धेरै सम्भावना छन भन्ने तथ्यलाई आत्मसात गर्दै अगाडि बढौँ ।’ सरकारले व्यापारीले आफुखुसी मूल्य निर्धारण गर्न पाउने गरी अध्यादेश ल्याएको भनेर पनि विरोध गरिएको छ ।

‘देशमा महंगी अकासिएको छ तर सरकार मूल्य नियन्त्रण गर्ने होइन व्यापारीले आफुखुसी मूल्य निर्धारण गर्न पाउने प्रावधान राखिएको अध्यादेश ल्याएर दलाल व्यापारीको पक्षमा उभिएको छ । यसले किसानका समस्या समाधान गर्ने होइन भूमाफियाले हदभन्दा बढी जमिन प्लटिङ गरेर बेच्न पाउने प्रावधान राखिएको अध्यादेश ल्याएर जग्गा दलाल र भूमाफियाको हितमा काम गर्दैछ,’ अपानिमा भनिएको छ । सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित राख्न नसकेको टिप्पणी पनि छ । सरकारका समग्र गतिविधिले आम जनतामा राज्य र सरकारप्रति चरम निराशा उत्पन्न भएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलवार १५:४१

लोकप्रिय