पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको गण्डकी प्रदेश ०३–००१ प ०३१० नम्बरको मोटरसाइकल मंगलबार बिहान अनियन्त्रित भई सडकबाट खसेको थियो ।
मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले भने, ‘हुस्सु लागेका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको देखिएको छ ।’
दुर्घटनामा ज्यान गुमाउने आमाछोरा भएको खुलेको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक तनहुँकै ऋषिङ गाउँपालिका– ६ चालिसे घर भइ हाल व्यास नगरपालिका–५ पाटन बस्दै आएका १९ वर्षीय सन्दिप आले र मोटरसाइकलको पछाडि सवार उनकी आमा ४० वर्षीया मधुमाया आले छिन् ।
‘तीव्र गतिको मोटरसाइकल आफैँ अनियन्त्रित भएर सडकको बाँया साइटको कल्भर्टमा ठोक्किएर झण्डै आठ मिटर तल खसेको देखिन्छ,’ डीएसपी थापाले भने, ‘दुर्घटनामा आमा छोराको घटनास्थलमै मृत्यु भएको हो । हुस्सु लागेका कारण मोटरसाइकल दुर्घटना भएको आशंका छन् ।’
हुस्सु लागेको बेला तीव्र गतिमा मोटरसाइकल चलाउँदा दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ । मृतकको शव प्रहरीले पोस्ट मार्टमका लागि अस्पताल लगेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको डीएसपी थापाले बताए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । तनहुँ