सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले)को विभिन्न तहमा रहेका ५९ नेता–कार्यकर्ताले पार्टी छाडेका छन् । अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको विरोध गर्दै संयुक्त रूपमा उनीहरूले एमालेमा बसिरहनुको कुनै औचित्य नभएको जनाएका छन् । पार्टीका पूर्वउपाध्यक्ष भीम रावललाई एमालेबाट निकालिएकामा उनीहरूले रोष प्रकट गरेका छन् ।
‘नेकपा (एमाले)का पूर्वउपाध्यक्ष डा.भीम रावललाई अध्यक्ष केपी ओलीको निर्देशनमा २०८१ साल पुस १० गते सचिवालयको बैठकबाट पार्टी सदस्यता नरहने गरी निष्कासन गरिएको स्वेच्छाचारी निरंकुश र तानाशाही निर्णयको हामी विरोध र भर्त्सना गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ । रावलले प्रस्ताव गरेको मातृभूमि जागरण अभियानलाई पूर्ण रूपमा समर्थन र सहयोग गरी अगाडि बढ्ने उनीहरूले प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘कम्युनिस्ट र समाजवादका विरोधीहरूसँग घाँटी जोड्दै पार्टीलाई सिद्धान्तहीन, आदर्शहीन र गन्तव्यहीन यात्रामा धकेल्ने केपी ओली गुटको नेतृत्वमा इमानदार र देशभक्त सदस्यहरूले बसिरहनुको कुनै औचित्य छैन,’ विज्ञप्तिमा भनिएको छ । यसरी पार्टी छाड्नेमा एमाले केन्द्रीय पर्यटन विभाग सदस्य रमेशबहादुर कुँवर, एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य चक्र रावल लगायत नेता–कार्यकर्ता छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । सुदूरपश्चिम