बर्दियाको मधुवन नगरपालिका-२ का स्थानीय बासिन्दा वन्यजन्तुका कारण निरन्तर समस्यामा परिरहेका छन् । स्थानीय सबिना थारुजस्तै धेरै युवा किसानहरुले जंगली जनावरले बाली नष्ट गर्दा भोग्नुपरेको आर्थिक क्षतिप्रति राहत नपाएको गुनासो गरेका छन् ।
सबिनाले भनिन्, ‘गत कार्तिकमा पाँच कट्टाको धान सखाप भयो, तर राहत अहिलेसम्म पाएको छैनौं ।’ सोही वडाकी जनककुमारी थारुले जंगलसँग जोडिएको बाटो कालोपत्रे गर्न र वरिपरि बिजुली बत्तीको व्यवस्था गर्न स्थानीय सरकारले ध्यान नदिएको बताएर चिन्ता व्यक्त गरिन् ।
उनका अनुसार, रातको समयमा बाघ, चितुवा र हात्ती जस्ता जंगली जनावरको त्रासले बासिन्दाको दैनिकी प्रभावित भइरहेको छ । स्थानीय सुशीला चौधरीले राजनैतिक दलहरुले पनि वन्यजन्तुबाट हुने क्षति तर्फ खास्सै ध्यान नदनिएको औंल्याइन् ।
उनले यस समस्याको समाधानका लागि दलहरुले वकालत गर्नुपर्ने कुरामा जोड दिइन् । वन्यजन्तुबाट हुने क्षति, बाली नोक्सानी, र मानिसको ज्यान खतरामा पर्ने समस्याबारे स्थानीय सरकारले ध्यान दिन नसकेको गुनासो स्थानीयहरूमाझ व्यापक छ । साथै, वन्यजन्तु र बालीको बीमा प्रणाली अझै प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बर्दिया