सूचनाको शक्ति - The Power Of Information

        

डोल्पाको तापक्रममा ‘रेकर्ड ब्रेक’, माइनस ८ डिग्री सेल्सियस

भेरी नदीको किनारमा अवस्थित डोल्पाको सदरमुकाम दुनै बजार ।

सन् २०२४ को डिसेम्बरमा डोल्पाको दुनैमा ‘रेकर्ड ब्रेक’ तापक्रम मापन गरिएको छ । दुनै स्टेसनमा विगतका डिसेम्बर महिनामा मापन गरिएका न्यूनतम तापक्रमको रेकर्ड तोडिएको हो । त्यहाँ डिसेम्बरमा ‘अत्यधिक न्यूनतम तापक्रम’ मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

गएको डिसेम्बर २१ मा दुनै स्टेसनमा माइनस ८ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन गरिएको थियो । डिसेम्बरका निम्ति त्यो ३९ वर्षयताकै कम भएको विभागले जनाएको छ । यसअघि, सन् १९८५ डिसेम्बर २८ मा उक्त स्टेसनमा माइनस ७ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन गरिएको थियो । गएको डिसेम्बरमा दुनै स्टेसनमा मापन गरिएको औसत तापक्रम माइनस ५.९ डिग्री सेल्सियस रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार १३:४३

लोकप्रिय