नेपाल वायुसेवा निगमले जहाज किन्दा लिएको ऋणको पुस महिनासम्मको किस्ता बुझाएको छ । निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेको दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको किस्ताबापतको ५३ करोड नौ लाख ५५ हजार २८१ रूपैयाँ बुझाएको हो ।
निगमले दुई न्यारोबडीको पूरा र दुई वाइडबडीको आंशिक गरी यो रकम बुझाएको छ । यससँगै निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपछि २०८१ पुस मसान्तसम्म निगमले ६ अर्ब ८५ करोड ९५ लाख १२ हजार ८१४ रूपैयाँ किस्ता रकम भुक्तानी गरेको नेपाल वायुसेवा निगमले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं