गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा)मा भिजिबिलिटी समस्याका कारण उडान रोकेको फ्लाई दुबईले १३ जनवरी (पुस २९)बाट उडान सुरु गरेको छ । १५ डिसेम्बरदेखि उडान रोकेको फ्लाई दुबईले पुस २९ गतेदेखि दैनिक एउटा उडान सुरु गरेको नेपाल नागरिक उड्ड्यन प्राधिकरण (क्यान)का सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए ।
सूचना अधिकारी भूलले ३१ जनवरीबाट र १ फेब्रुअरीदेखि थाई एयर एसियाले उडान सुरु गर्ने निश्चित भएको जानकारी दिए । थाई एयर एसियाले साताको तीन फ्लाइट गर्ने जानकारी क्यानलाई दिएको छ । त्रिभुवन विमानस्थल कात्तिक २३ गतेदेखि विमानस्थल बेलुका १० देखि बिहान ८ बजेसम्म बन्द गरेर स्तरोन्नतिका काम सुरु गरेपछि जजिरा, थाई एयर एसिया, कतार एयरवेज, फ्लाई दुबई र नेपाल एयरलाइन्सले भैरहवा विमानस्थलबाट उडान सुरु गरेका थिए ।
भिजिबिलिटी र हुस्सुले समस्या गरेपछि समाधान गर्न गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले रिक्वायर्ड नेभिगेसन पर्फर्मेन्स अथोराइज्ड रिक्वायरमेन्ट (आरएनपीएआर) प्रणाली माघ १० गतेदेखि लागू गर्ने तयारी भइरहेको छ । आरएनपीएआर जडानपछि ९०० भिजिबिलिटी हुँदा पनि उडान तथा अवतरण गर्न मिल्छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । भैरहवा