सडक दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति दिने विषयमा सहमति नहुँदा मृतकका आफन्तले बिहीबार हुलाकी राजमार्ग अवरुद्ध गरेका छन् । नेपालगन्ज–नरैनापुर–बैजापुर जोड्ने हुलाकी राजमार्ग अन्तर्गत कुण्डा चोकमा मृतकका परिवार तथा स्थानीयले टायर बालेर सडक अवरुद्ध गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी, प्रहरी निरीक्षक हिमराज बिकले हुलाकी राजमार्गमा मृतकका परिवार र स्थानीय बासिन्दाहरु आएर बिहान १०ः३० बजेदेखि सडक अवरुद्ध गरेको बताए । बिकले भने, ‘उहाँहरुको मागका विषयमा वार्ता पनि चलिरहेको छ, माग पूरा नहुँदासम्म सडक अवरुद्ध गर्छौं भनेर उहाँहरु अहिले पनि आन्दोलनमै हुनुहुन्छ ।’
राप्तीसोनारी गाउँपालिका वडा नं.७ फत्तेपुर सर्रामा मङ्गलबार बेलुका नरैनापुरबाट नेपालगन्ज आउँदै गरेको भे १ ख ३७७४ नम्बरको बसले विपरीत दिशातिर गइरहेको भे ६ प ८८३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक राप्तीसोनारी–७ फत्तेपुर, सर्रा निवासी २७ वर्षीय दिलबहादुर थारु र मोटरसाइकलमा सवार सोही ठाउँ निवासी २३ वर्षीय राजेश थारुको मृत्यु भएको थियो ।
स्थानीय बासिन्दाले क्षतिपूर्तिको माग गर्दै आज बिहीबार सडकमा टायर बालेर नाराबाजी गरिरहेका छन् । स्थानीय बासिन्दाको आन्दोलनका कारण हुलाकी राजमार्ग भएर चल्ने सवारी साधन ठप्प भएको जनाइएको छ । क्षतिपूर्तिमा कुरा नमिल्दा परिवारले मृतकको शव पनि बुझ्न मानिरहेका छैनन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके