काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी भएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । उनले यो अध्यादेश कार्यकर्ता पोस्नका लागि ल्याइएको आरोप लगाएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब खोलामात्र हैन टुँडिखेल, खुलामञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ । बधाई छ सरकारमा रहेको कार्यकर्ताहरूलाई ।’ राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश बुधबार जारी गरेका छन् ।
यसअघि उनले यो अध्यादेश अध्ययनका लागि भन्दै रोकेर राखेका थिए । पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं