बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी अत्यन्त कम हुँदा नेपालगन्जबाट हुँदै आएका हवाई उडान दुई दिनदेखि बन्द भएको छ । मङ्गलबार बिहानैबाट चलेको शीतलहर तथा हुस्सु कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलबार कुनै पनि हवाई उडान हुन सकेन भने आज (बुधबार) पनि बिमानस्थल बन्द रहेको छ ।
नेपाल नागरिक उडयन प्राधिकरण नेपालगन्जका अनुसार आज बुधबार बिहान एक हजार भिजिबिलिटी भएकाले श्री एयरलाइन्सले मात्र उडन भरेको छ । नेपालगन्ज विमानस्थलको टावरले दिएको जानकारी अनुसार जहाज उडाउन एक हजार भिजिबिलिटी हुनुपर्ने र जहाज उतार्नका लागि एक हजार ६०० भिजिबिलिटी हुनुपर्नेमा मङ्गलबार ५०० भन्दा बढी भिजिबिलेटी नभएकाले कुनै पनि उडान हुन नसकेको हो ।
तर, जहाज आउनका लागि एक हजार ६०० भिजिबिलिटी आवश्यक पर्ने हुँदा त्यति नपुगेसम्म कुनै पनि जहाज नआउने टावरले जनाएको छ । यसैगरी, पहाडी तथा हिमाली जिल्लामा हुने उडानहरु बुधबार पनि सबै बन्द रहेका छन् । नेपालगन्जबाट काठमाडौंका लागि श्री एयरलाइन्सले चार, बुद्ध एयरलाइन्सले चार र यति एयरलाइन्सले दुईवटा नियमित उडान दैनिक गर्दै आएको थियो ।
भिजिबेलिटी कम भएका कारण दुई दिनदेखि उडान हुन नसकेको सो कार्यालयले जनाएको छ । सोही प्रकारले नेपालगन्जबाट पहाडी जिल्लाहरुमा बिहान हुने गरेका उडानहरू पनि मङ्गलबारदेखिनै हुन नसकेको जनाइएको छ । दुई दिनदेखि हवाई उडान नहुँदा नेपालगन्ज विमानस्थलबाट काठमाडौं र पहाडी जिल्लामा यात्रा गर्न टिकट लिएर बस्नुभएका यात्रुहरुलाई ठुलो समस्या भएको आरएस ट्राभल्सका सञ्चालक रवि गिरीले बताउनुभयो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके