माघे संक्रान्ति अर्थात् माघीमा मासको दाल र चामलको खिचडी बनाएर त्यसमा घिउ हालेर खाने चलनले हाम्रो संस्कृतिलाई जीवित त राख्छ नै, तिनले हाम्रो स्वास्थ्यमा पनि राम्रो प्रभाव पार्छ । यसले शरीरलाई चाहिने प्राटिन र चिल्लो पदार्थको पूर्ति गर्छ ।
जाडोको बेला यस्ता खानेकुराले रोगसँग लड्न सक्ने शक्ति बढाई उर्जा समेत प्रदान गर्छन् । तिलमा पाइने क्याल्सियमबारे र त्यसमा रहेको तेलको चिकित्सकीय महत्त्वबारे आधुनिक चिकित्सा जगतमा धेरै नै छलफल हुन्छ, तर कुपोषित भएका बालबालिकालाई तिलको सेवन गराउनु उपयुक्त हुन्छ भनेर स्वास्थ्यकर्मीले तिनका अभिभावकलाई भन्न अप्ठ्यारो छ ।
– तिलको लड्डु सक्खर, चाकु, कुराउनी र सुख्खा फलफूलहरूको प्रयोग गरेर बनाइने हुनाले पौष्टिक तत्वको भण्डार हो । तिलको लड्डुमा उच्च मात्रामा भएको खनिज र भिटामिनले शरीरलाई भरपुर पोषण प्रदान गर्छ ।
– हेर्दा सानो तिलमा स्वास्थ्यको लागि अनेकौं खजाना छ । यसको प्रयोग भुटेर, पिसेर, अचार बनाएर तरकारीमा हालेर अनेक तरिकाले खान पनि सकिन्छ ।
– तिलको सेवनले पाचन क्षमतालाई बलियो बनाउँछ । साथै अपच, अजीर्ण, कब्जियत, अम्लपित्त आदिलाई पनि निवारण गरी पेटलाई सफा राख्छ ।
– चिसोको मौसममा तिलको लड्डु खानाले शरीरलाई पर्याप्त मात्रामा क्यालोरी प्रदान गरी न्यानो बनाउँछ । तिलको सेवनले चिसोको दुष्प्रभावबाट पनि शरीरलाई बचाउँछ । चिसोको एलर्जी भएकाहरूलाई पनि तिलको सेवनले फाइदा पुर्याउँछ ।
‘मोलासेस’ पौष्टिक खाना हो र यसमा पर्याप्त मात्रामा क्याल्सियम र लौह तत्त्व पाइन्छ भन्ने कुरा मैले अमेरिका जाँदा थाहा पाएँ । लौ त्यो वस्तु किनेर नेपालमा पनि लैजानुपर्यो भनेर एक परिचितलाई भनेँ । मोलासेस उनकै घरमा रहेछ । खाँदा थाहा भयो, यो त नेपालमा सजिलै पाइने ‘चाकु पो रहेछ । सुत्केरी भएका बेला महिलालाई चाकु खान दिने चलन छ ।
यसमा भएको पौष्टिकताका कारण नै माघे संक्रान्तिमा खाने चलन चलाएका रहेछन् पुर्खाहरूले । सहरबजारका हाम्रा अभिभावकलाई ‘चाकु बालबालिकालाई दिने गर्नू’ भन्दा ‘त्यस्तो जाबो चाकुले पनि बालबालिकालाई के फाइदा गर्ला र’ पो भन्ने हुन् कि ? तरुल पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । तरुल जाडोयाममा मात्र खानका लागि तयार हुने तरुलमा पाइने पौष्टिक तत्वले शरीरलाई शक्ति दिने तथा शारीरिक वृद्धिका लागि आवश्यक पर्ने कुराहरुको पूर्ति गर्छ ।
‘जाडोमा मानव शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । तरुलमा फाइबर, क्याल्सियम, म्याग्नेसियम, भिटामिन सी, भिटामिन बी सिक्स, प्रोटिन गरी २५ भन्दा बढी पोषक तत्व र १२ भन्दा बढी खनिज तत्व पाइन्छन् । आयुर्वेदका अनुसार तरुलले शरीरलाई तन्दुरुस्त राख्न, आँखा कमजोर हुनबाट जोगाउन, छाला स्वस्थ्य राख्न भूमिका खेल्छ । तरुल बिना कुनै विषादी जमिनमुनि फल्ने हुँदा स्वास्थ्यका दृष्टिले उत्तम हुन्छ ।
यस्ता जानकारी कृषि मन्त्रालयले अनुसन्धान गरेर लेखिएको पुस्तिकामा पर्याप्त मात्रामा छन्, तर यस्ता विषयमा छलफल गरिएको पाइँदैन । कुनै दिन विदेशी अनुसन्धानकर्ताले यसरी घिउ, चाकु, खिचडी, तरुलमा पर्याप्त मात्रामा सूक्ष्म पौष्टिक तत्त्व हुन्छ भनेर अंग्रेजी वा जर्मन, भाषामा कार्यपत्र प्रस्तुत गरे भने सायद हाम्रो युवा जमातले त्यस्ता कुरा खान गर्व गर्नेछन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
डा.अरुणा उप्रेती । जनस्वास्थ्य एवं पोषणविद्