चिसो बढेसँगै तराईका जिल्लामा हुस्सु र कुहिरो लाग्नेक्रम बढेको छ । बिहान अबेरसम्म हुस्सु र कुहिरो लाग्दा बढी चिसो हुने गरेको छ । कतिपय दिनमा दिनभर पनि घाम नलाग्दा चिसो झन् धेरै हुने गरेको छ । यस्तो अवस्थामा तराई भूभागको जनजीवन नै प्रभावित हुने गरेको छ ।
सरकारले हुस्सु कुहिरोबाट सुरक्षित रहन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तराईका भूभागमा हुस्सु र कुहिरो रहेकाले यसबाट जोेगिन अनुरोध गरेको छ । चिसोबाट बच्न शरीरको सबै भाग ढाक्ने गरी बाक्लो तथा न्यानो लुगा लगाउन मन्त्रालयले आग्रह गरेको छ ।
बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा दीर्घ रोगीहरूलाई चिसोबाट बचाउन विशेष ख्याल गर्नुपर्ने पनि मन्त्रालयले जनाएको छ । ‘आमाको दूध खाने बच्चालाई नियमित रूपमा स्तनपान गराऔं । तातो तथा पोषिलो झोल पदार्थहरू प्रशस्त मात्रामा सेवन गरौँ । धूमपान तथा मद्यपान नगरौँ,’ मन्त्रालयले भनेको छ ।
स्वास्थ्य सम्बन्धी कुनै समस्या जस्तैः ज्वरो आएमा, झाडा पखाला लागेमा, दम बढेमा, खोकी लागेमा, घ्यारघ्यार भएमा, श्वास फेर्न कठिनाई भएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न मन्त्रालयको आग्रह छ । सुत्ने कोठामा आगो, हिटर, मकल, कोइला व्रिकेट आदि बालेर झ्याल ढोका बन्द गरेर नसुत्न पनि मन्त्रालयले सचेत गराएको छ ।
यदि, त्यसो गरेमा श्वास फेर्न नसकी निसासिएर मृत्यु समेत हुनसक्ने मन्त्रालयले जनाएको छ । आगो बालेको ठाउँमा बच्चालाई एक्लै नछोड्न पनि मन्त्रालयले सचेत गराएको छ । कोठा न्यानो पार्नुपर्ने तर पर्याप्त हावा ओहोरदोहोर हुने व्यवस्था भने गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं