नेपाली विद्यार्थी विपिन जोशीको रिहाइको माग गर्दै इजरायलको तेल अभिभमा हजारौं इजरायली नागरिकले प्रदर्शन गरेका छन् । प्यालेस्टिनी लडाकु समूह हमासले हालै जारी गरेको नयाँ बन्धक रिहाइ सूचीमा नेपाली विद्यार्थी जोशीको नाम नपरेपछि उक्त प्रदर्शन गरिएको हो ।
२०२३ अक्टोबर ७ मा हमासले विपिनलाई बन्धक बनाएको बताइन्छ । प्रदर्शनको क्रममा प्रदर्शनकारीले विपिन जोशीको तस्विर भएको प्लेकार्ड बोकेको देख्न सकिन्छ । विपिनसहित आफ्ना नागरिकको रिहाइको माग गर्दै तेल अभिभमा ठूलो संख्यामा इजरायलीले प्लेकार्ड बोकेर प्रार्थना र प्रदर्शन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकी राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पको शपथ ग्रहण समारोहअघि यो अन्तिम प्रदर्शन हुने प्रदर्शनकारीहरूको आशा छ । नवनिर्वाचित राष्ट्रपति ट्रम्पले जनवरी २० मा पद तथा गोपनीयताको शपथ लिँदै छन् । यसअघि नै दुवै पक्षबीच युद्धविराम र बन्धक रिहाइका लागि अमेरिकी वर्तमान राष्ट्रपति जो बाइडन प्रशासनले निरन्तर दबाब दिइरहेको छ ।
बाइडन प्रशासनको दबाबपछि हाल कतारको दोहामा हमास र इजरायलका प्रतिनिधि मण्डलबीच वार्ता सुरु भएको छ । अनुकूल वातावरण सिर्जना गर्न हमासले बन्धक बनाइएका ३४ जनाको सूची सार्वजनिक गरेको छ । तर, विपिन जोशीको नाम सूचीमा समावेश छैन । उनी हालसम्म जीवित छन् कि मरिसके भन्ने यकिन हुन सकेको छैन ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं