आज सोमबारका दिन भगवान शिवजीको पुजा आराधना गर्नु उत्तम मानिन्छ । यस दिनमा शिवजीको पुजा–आराधना गरे शिवजी चाँडै नै खुसी हुन्छन् भन्ने धार्मिक विश्वास छ । यस दिनमा शिव मन्दिर गई विशेषतः ‘अर्धनारीश्वर पुजा’ गर्ने अनि ‘ऊँ नमः शिवाय’ मन्त्र जप्नुपर्दछ ।
अझै सोमबारको दिन शिवजीको पुजा गर्ने बेला शिवपुराण पढ्दा शिवजी प्रसन्न भई मागेको वर दिने विश्वास गरिन्छ । कुमारी स्त्रीले राम्रो वर पाउनका लागि शिवजीको पुजा गर्ने गर्दछन् भने विवाहित स्त्रीले आफ्नो परिवारमा सुखशान्ती र पतिको लामो आयुको लागि शिवजीको पुजा गर्दछन् ।
यस दिन व्रत बस्दा एक–छाक मात्रा खानुपर्दछ भने खानामा नुन–तेल मिसाउन मनाही छ । शिव हिन्दू धर्मको प्रमुख देवताहरू मध्यको एक ईश्वर को रुप हो । वेदमा यिनको नाम रुद्र भनिएको छ । यीनी व्यक्तिको चेतनाको अन्तर्यामी छन् । यिनको अर्धाङ्गिनीको नाम पार्वती हो । यिनका दुईवटा पुत्रहरू छन्, जसमा एक स्कन्द र अर्का गणेश हुन् ।
हिन्दू मान्यता अनुसार ब्रह्माजी यो संसारका सृष्टिकर्ता हुन् भने भगवान विष्णु यो संसारको पालनकर्ता र शिव यो संसारका संहारकर्ता हुन् । शिवलाई जिव अथवा प्राण भनेर पनि चिनिन्छ । शिवले छोडेमा यो संसारमा देह अथवा शव मात्र रहन्छ ।
देहमा ब्रह्माको स्थान शिरमा छ, विष्णुको स्थान हृदय अथवा शरिरको मध्य भागमा छ र शिवको स्थान कमरभन्दा तलको भागमा छ । त्यसैले भगवान शिवलाई शिवलिंगको रूपमा पूजा गरिन्छ । शिव अधिकतर चित्रहरूमा योगीको रूपमा देखिन्छन् र उनको पूजा लिंगको रूपमा गरिन्छ । भगवान शिवलाई संहारको देवता भनिन्छ ।
भगवान शिव सौम्य आकृति एवं रौद्ररूप दुवैको लागि विख्यात छन् । अन्य देवहरू भन्दा शिवलाई भिन्न मानिएको छ । सृष्टिको उत्पात, स्थिति एवं संहारको अधिपति शिव हुन् । त्रिदेवहरूमा भगवान शिव संहारको देवता मानिन्छन् । शिव अनादि तथा सृष्टि प्रक्रियाको आदिस्रोत हुन् र यीनी काल महाकाल नै ज्योतिष शास्त्रका आधार हुन् ।
शिवको अर्थ यद्यपि कल्याणकारी मानिएको छ, तर उनले सधै लय एवं प्रलय दुवैलाई आफ्नो अधीन गरेका छन् । भगवान शिव देवताका पनि देवता भएकाले उनलाई महादेव भनिन्छ भने ईश्वरका पनि ईश्वर भएकोले उनलाई महेश्वर भनेर चिनिन्छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं