सूचनाको शक्ति - The Power Of Information

        

रोल्पामा पिकअप दुर्घटना, चालकको मृत्यु, तीन जना गम्भीर घाइते

सुन्तला बोकेर रोल्पाबाट दाङ जाँदै गरेको पिकअप दुर्घटनामा परेको छ । दुर्घटनामा चालकको मृत्यु भएको छ ।

रोल्पाको माडी गाउँपालिका १ भितावाङबाट सुन्तला बोकेर तुल्सीपुरतर्फ जाँदै गरेको रा१च ८६८७ नम्बरको पिकअप त्रिवेणी गाउँपालिका–४ मथुरापानी भन्ने स्थानमा शुक्रबार दुर्घटना भएको हो ।

उक्त दुर्घघटनामा परी सोही पिकअपमा सवार तीनजना गम्भीर घाइते भएका छन् । घाइते तीनै जनाको उद्धारपश्चात् उपचारको लागि दाङ पठाइएको प्रहरीले बताएको छ । गाडीको ब्रेक फेल भई दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान छ ।

प्रकाशित मिति : २७ पुष २०८१, शनिबार ०७:३५

लोकप्रिय