२०८१ पुस २६ गते शुक्रवार, १० जनवरी २०२५ । पौष शुक्लपक्ष एकादशी तिथि, ९ः३६ बजेपछि द्वादशी । कृत्तिका नक्षत्र, १३ः३२ बजेपछि रोहिणी । चन्द्रराशि वृष ।
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नयाँ काम प्रारम्भ हुने समय छ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ ।
कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । लक्ष्यअनुसार समयमै काम सम्पादन गर्न सकिनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । काममा विशेष अवसर प्राप्त हुनेछ । पहिलेको सफलताले पनि हौसला जगाउनेछ । व्यापारमा मनग्य फाइदा हुनेछ ।
आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ । आम्दानीका स्रोत भने कमजोर बन्नेछन् । काममा हस्तक्षेप गर्नेहरूमाथि प्रतिकारमा उत्रनुपर्ने स्थिति आउन सक्छ । बलपूर्वक प्रयत्न गर्दा केही काम सम्पादन हुनेछन् । स्वास्थ्य र यात्राका लागि केही रकम खर्चनुपर्ने देखिन्छ । आंशिक प्रतिफल प्राप्त भए पनि हडबडमा गरिएको काम दोहोर्याउनुपर्ने हुन सक्छ ।
आम्दानीका विभिन्न स्रोत देखिए पनि लगानीतर्फ लागत बढ्ने समय छ । कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ । आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन् । बेसुरमा खर्च गर्ने बानीले समस्या निम्त्याउनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । प्रयत्न गर्दा सरसापटमा गएको रकम भने फिर्ता लिन सकिनेछ ।
दिगो कामको जग बसाउन सकिनेछ । कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ । सामाजिक तथा पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ । नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । नाम, दाम र इनाम कमाउने बेला छ । तारिफयोग्य कामले प्रसिद्धि दिलाउनेछ । नोकरी र व्यवसायमा विशेष फाइदा हुने समय छ ।
मिहिनेतले पदीय जिम्मेवारी दिलाउनेछ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । भाग्यले विभिन्न अवसर थमाउनेछ । अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ । धेरैले आफ्ना कामको तारिफ गर्नेछन् । शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । बीचमा अवरोध देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुहोला । छिद्र खोतल्नेहरूले दुःख दिनेछन्, विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । चुनौतीभित्र अवसर खोज्ने समय छ । तर जटिल काममा हातहाल्दा सहयोगीहरू पछि हट्न सक्छन् । मिहिनेत परे पनि कामको उपलब्धि हातपार्न समय लाग्न सक्छ ।
साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ । रमाइलो यात्रा, जमघट एवं खानपानको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । व्यापार बढ्नाले आम्दानी पनि बढ्नेछ । कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।
स्रोतसाधन जुट्नाले मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ । थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईष्र्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित हुनेछ ।
नयाँ अवसरका साथै भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । अध्ययनमा प्रगति हुनेछ । मिहिनेतले सजिलै लक्ष्यमा पुग्न सकिनेछ । शैक्षिक प्रतिस्पर्धामा अग्रस्थान हासिल हुनेछ । बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । नयाँ योजना शुभारम्भ गर्ने समय छ । गुरुजनको साथ–सहयोग जुट्नेछ ।
तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ । काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन् । पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ । भूमि तथा पशुधनबाट लाभ मिल्नेछ । टाढिएका आफन्त नजिकिन सक्छन् । शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला, मिहिनेतले काम सम्पादन हुनेछ । रोकिएका काममा भने दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।
नयाँ काम थालनी गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । काममा पनि मिहिनेतको फल प्राप्त हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ । प्रयत्न गर्दा राम्रै अवसर जुट्ने समय छ । साथीभाइले राम्रै सहयोग जुटाउनेछन् । पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । रोकिएका काम पुनः प्रारम्भ गर्न सकिनेछ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं