सूचनाको शक्ति - The Power Of Information

        

जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला

जुम्लाको कनकासुन्दरी गाउँपालिकाभित्रका आठ वटा सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । विज्ञान प्रयोगशाला सञ्चालनमा आएपछि विज्ञान विषयको पठनपाठन सहज हुने पाण्डवगुफा माध्यमिक विद्यालयका प्रद्यानाध्यापक हस्तबहादुर भण्डारीले जानकारी दिए ।

विज्ञान प्रयोगशालाबाट विद्यार्थीलाई सिकाइ उपलब्धिमा सहयोग मिल्ने उनको विश्वास थियो । पहिले विद्यालयमा विज्ञानको सैद्धान्तिक कक्षामात्र लिइरहेका विद्यार्थी अहिले प्रयोगशालामा व्यवहारिक कक्षसमेत लिइरहेका छन् । यो हरेक विद्यालय र विद्यार्थीका लागि सुखद् कार्य हो ।

वज्ञान विषय लिएर उच्च शिक्षा लिन चाहने विद्यार्थीका लागि सुनौलो अवसरसमेत भएको कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदरप्रसाद आचार्यको भनाइ छ । आचार्यका अनुसार अब कुनै पनि विद्यार्थी विज्ञान विषयको व्यवहारिक कक्ष लिन पाइएन भन्दै गुनासो रहने छैन ।

प्रयोगशालाले विज्ञान विषयको अध्ययन र अध्यापनलाई सहज बनाउने विश्वास व्यक्त गरिएको छ । विज्ञान विषयमा विद्यार्थीको पहुँच बढाएको छ । साधन र स्रोतयुक्त विद्यालय निर्माणमा पालिका लागिपरेको गाउँपालिकाका अध्यक्ष आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : २५ पुष २०८१, बिहीबार ११:४०

लोकप्रिय