हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यतिबेला (बिहीबार बिहान) गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको मौसम आंशिक बदली छ। तराईका धेरै स्थानमा अहिले हुस्सु र कुहिरो लागेको छ ।
देशका बाँकी भूभागको मौसम मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बिहीबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै तराई तथा उपत्यका क्षेत्रमा हुस्सु र कुहिरो लाग्ने भएकाले आवश्यक सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ ।
महाशाखाले भनेको छ, ‘बिहानको समयमा तराई तथा उपत्यका क्षेत्रका केही स्थानहरूमा हुस्सुरकुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा क्षणिक तथा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।’
काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थप घटेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार आज बिहान ५ः४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस देखिएको हो । हिजो बुधबार ५.५ डिग्री सेल्सियस थियो । त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८ः४५ बजे पुनः मापन हुन्छ ।
त्यतिबेलासम्म काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अझ घट्ने सम्भावना हुन्छ अथवा यत्ति नै रहन पनि सक्छ । न्यूनतम तापक्रम घटेसँगै बिहान काठमाडौँ उपत्यकामा कठ्यांग्रिँदो चिसो महसुस भएको छ । दिउँसो भने काठमाडौँ उपत्यकामा घाम लाग्ने सम्भावना रहेको मौसमविद् झाले जानकारी दिए । ‘आज उपत्यकाको मौसम मुख्यतया सफा रहने सम्भावना छ,’ उनले भने ।
मुख्यतया सफा भनेको कतै कतै बादलबाहेक आकाश सफा रहनु हो । मौसमविद्का अनुसार राति आकाश सफा रह्यो भने बिहान न्यूनतम तापक्रम घट्छ भने बादल लाग्यो भने बढ्छ । फेरि यसको ठीक उल्टो दिउँसो आकाश सफा भयो भने घाम लाग्न पाउने भएकाले अधिकतम तापक्रम बढ्छ भने बादल लाग्यो भने घट्छ अर्थात् चिसो बढ्छ ।
मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ । सामान्यतया न्यूनतम तापक्रम हरेक दिन बिहान ८ः४५ बजे र अधिकतम तापक्रम साँझ ५ः४५ बजे मापन हुन्छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं