सूचनाको शक्ति - The Power Of Information

        

बुद्ध एयरको जहाजको इन्जिनमा समस्या देखिएपछि…

बुद्ध एयरको जहाजमा समस्या देखिएको छ । काठमाडौंबाट भद्रपुरका लागि उडेको उडान नम्बर ९५३, कल साइन–नाइनएन–एजेएस विमानको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएको हो ।

इन्जिनमा समस्या देखिएपछि जहाजलाई पुनः काठमाडौं डाइभर्ट गरेर ११ः१५ बजे त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरिएको बुद्ध एयरले जनाएको छ । जहाजलाई कम्पनीको प्राविधिक टिमले चेकजाँच गरिरहेको र यात्रुहरूलाई अर्को जहाजबाट भद्रपुर पठाउने तयारी भइरहेको छ ।

प्रकाशित मिति : २२ पुष २०८१, सोमबार १३:११

लोकप्रिय