यो वर्ष धान उत्पादन ४.०४ प्रतिशतले बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो वर्ष कुल ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको हो । चैते र वर्षे दुवै गरी चालु आवमा कुल १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो ।
यो क्षेत्रफल भने गत आवको १.२८ प्रतिशतले कमी हो । मन्त्रालयका अनुसार यो वर्ष उत्पादकत्व बढेको छ । यो वर्ष औषत उत्पादकत्व ४.१९ मेट्रिक टन प्रति हेक्टरमा पुगेको छ । जुन हालसम्मकै उच्च हो ।
समग्रमा चैते धानको उत्पादकत्व वर्षेको भन्दा बढी देखिएको मन्त्रालयले जनाएको छ । प्रदेशगत हिसाबले कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिममा धान उत्पादन बढेको छ । गण्डकी र कर्णाली प्रदेशमा भने घटेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं