२०८१ पुस १९ गते शुक्रवार, ३ जनवरी २०२५ । पौष शुक्लपक्ष चतुर्थी तिथि । धनिष्ठा नक्षत्र । चन्द्रराशि मकर, १२ः२६ बजेपछि कुम्भ ।
बिहान अरूको इच्छाअनुकूल काम गर्नुपर्ने देखिन्छ । आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला । किनमेलमा केही रकम खर्च हुनेछ । दिउँसोदेखि स्थितिमा सुधार आउनेछ र गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ । मेहनत गर्दा आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन् । पुरानो समस्या सुल्झानाले विभिन्न अवसर प्राप्त हुनेछन् । पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ ।
आँटेका काम बिहानै गर्दा फाइदा हुनेछ । सामाजिक जिम्मेवारी तथा नेतृत्व हातलागी हुनेछ । अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ । दिउँसोदेखि पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ । काम पूरा नभए पनि दिगो योजना बन्नेछ । दिगो उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । प्रयत्न गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । परोपकारी काममा प्रवृत्त भइनेछ ।
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ । शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ । मध्याह्नदेखि स्थितिमा सुधार आउनाले नयाँ काम गर्ने अवसर जुट्नेछ । विशेष भेटघाटले उत्साह जगाउनेछ । प्रयत्न गर्दा सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ । दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ ।
चिताएको काम बिहानै गर्दा फाइदा हुनेछ । रमाइलो यात्रा हुनेछ । आतिथ्यपूर्ण सम्मान पाइने समय छ । व्यापार–व्यवसायमा फाइदा उठाउन सकिनेछ । तर मध्याह्नदेखि हिसाबमा देखिएको लाभांश हातलागी हुन समय लाग्नेछ । वादविवादले मित्रताको बन्धन कमजोर रहला । कामको चाप बढ्नेछ र सानोतिनो समस्याले अल्झाउन सक्छ । समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् ।
सम्भावना देखिए पनि प्रतिस्पर्धा बढ्नाले ठूलो उपलब्धि नहुन सक्छ । नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला । मध्याह्नपछि मिहिनेतको राम्रो फल प्राप्त हुनेछ । आयस्रोत बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । काम बन्नाले जिम्मेवारी समेत बढ्न सक्छ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । केही रकम सञ्चय गर्न पनि सकिनेछ ।
बिहानको समय सानोतिनो समस्यामा अलमलिनुपर्ला । कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ने देखिन्छ । मिहिनेतीहरूका लागि दिन उत्साहजनक नै रहनेछ । बुद्धिको उपयोगले समस्या सुल्झाउन सकिनेछ । दिउँसोदेखि स्थिति अनुकूल बन्नेछ । प्रतिस्पर्धामा विजयी भइनेछ भने ईष्र्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित हुनेछ । यात्रा गर्दा स्वास्थ्यमा ध्यान दिनुहोला ।
बिहानको काम सन्तोषजनक नभए पनि बिस्तारै मनको डर हराउनेछ । मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ । सहपाठीहरू पछि पर्नेछन् भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । दिगो काम प्रारम्भ गर्ने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
अवसरले पछ्याए पनि चुनौतीहरूसँग जुध्नुपर्नेछ । प्रगतिमा ईष्र्या गर्नेहरूले दुःख दिनेछन् । तापनि लगनशीलताले आंशिक उपलब्धि दिलाउनेछ । मध्याह्नपछि भने चुनौती पन्छाएर काम बनाउन सकिनेछ । बुद्धिको उपयोगले सफलता मिल्नेछ । बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ । अप्ठ्यारा परिस्थिति सुल्झाउन जुट्नुपर्ला । विवादास्पद कामको जिम्मेवारी आउन सक्छ ।
महत्त्वपूर्ण काम बिहानै गर्नु राम्रो हुनेछ । आँट गर्दा दिगो काममा हात हाल्न सकिनेछ । बोलीको प्रभाव बढ्नाले विशेष अवसर प्राप्त हुनेछ । मध्याह्नदेखि नयाँ योजनातर्फ अग्रसर भइनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुने ग्रहयोग छ । रोकिएको काम बन्नेछ । नयाँ काम सुरु गर्ने समय छ । साथीभाइको सहयोग र उपहार हातलागी हुनेछ । राम्रो कर्मफलले मन प्रसन्न रहनेछ ।
प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ । हिम्मतले काम बनाउन सकिनेछ । पछिसम्म लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ । मध्याह्नदेखि नयाँ काम प्रारम्भ हुनेछ । बोलीको प्रभाव बढ्नाले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । आजको उपलब्धिले थप उत्साह जगाउनेछ ।
अरूको करकापमा काम गर्नुपरे पनि आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । कर्जामार्फत खर्च जुटाउन सकिनेछ । काममा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । मध्याह्नदेखि सहयोगीहरूले साथ दिनेछन् भने नयाँ कामको प्रस्ताव आउनेछ । स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ । पारिवारिक भेटघाटले खुसियाली छाउनेछ । मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ ।
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । मध्याह्नदेखि खर्चिलो काम प्रारम्भ हुनेछ । यसका लागि धेरै रकम जुटाउन र आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ । अरूको उक्साहटमा लाग्दा अधिक खर्च हुनेछ । अवसरका लागि केही दौडधुप समेत गर्नुपर्ला ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं