पहिलो पटक यौनसम्बन्ध राख्ने उमेर कुन हो ? यसबारे किशोरावस्थामा संसारभरि सबैमा उत्सुकता र अन्योल छ । नेपाल र पूर्वीय संस्कृतिमा विवाहपूर्व यौन सम्पर्कलाई स्वीकार्य मानिँदैन । पाश्चात्य समाजमा भने त्यस्तो कुनै प्रतिबन्ध छैन ।
ब्रिटेनमा गरिएको एउटा अध्ययनमा धेरै युवाहरूले कलिलो उमेरमा यौन सम्पर्क राखेर आफ्नो कौमार्य गुमाउनु सबैभन्दा ठूलो गल्ती भएको बताएका छन् । अध्ययनमा सहभागी एक तिहाइभन्दा बढी युवती र एक चौथाइभन्दा बढी युवकले आफूले पहिलो पटक यौन सम्पर्क गर्दा आफ्नो उमेर नपुगेको स्वीकारेका थिए ।
ब्रिटेनमा यौन सम्पर्क राख्ने सहमति जनाउन कम्तीमा १६ वर्ष पुग्नुपर्ने कानुनी व्यवस्था छ । हालै सार्वजनिक गरिएको नेश्नल सर्भे अफ सेक्सुअल आटिट्युड्स एन्ड लाइभस्टाइल्सका अनुसार १६ वर्षको उमेरमा धेरै मानिसहरू पहिलो यौन सम्पर्कका लागि तयार नभएका हुन सक्छन् ।
झन्डै १० वर्षमा गरिने सो अध्ययनले ब्रिटेनका नागरिकहरूको यौन सम्बन्धी व्यवहारबारे विस्तृत जानकारी दिन्छ । लन्डन स्कूल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका अनुसन्धानकर्ताहरूले गरेको यो अध्ययन सन् २०१० देखि २०१२ भित्र सर्वेक्षणमा सहभागी युवावस्थाका तीन हजार जनाको उत्तरमा आधारित छ ।
अध्ययनमा सहभागीमध्ये झन्डै ४० प्रतिशत महिला र २६ प्रतिशत पुरुषले आफ्नो पहिलो यौन सम्पर्क सही समयमा नभएको अनुभूति गरेको बताएका छन् । यस विषयमा थप प्रश्न गर्दा धेरैले आफूले कौमार्य गुमाउन केही समय कुरेको भए राम्रो हुन्थ्यो भन्ने प्रतिक्रिया दिएका थिए । केहीले भने अगाडि नै यौन सम्पर्क राखेको भए राम्रो हुन्थ्यो भन्ने लागेको बताएका थिए ।
अधिकांश सहभागीले १८ वर्षको हुँदा यौन सम्पर्क राखिसकेका थिए भने आधाले १७ वर्ष नपुग्दै कौमार्य गुमाइसकेका थिए । झन्डै एक तिहाइले भने १६ वर्षभन्दा कम उमेरमै यौन सम्पर्क राखिसकेका थिए । पहिलो पटक यौन सम्पर्क गर्दा सहभागीहरू कौमार्यका बारे सही निर्णय गर्न सक्ने अवस्थामा थिए कि थिएनन् भन्नेबारे पनि अध्ययन भएको थियो ।
उदाहरणका लागि त्यो समयमा उनीहरू मादक पदार्थको प्रभावमा थिए कि वा सहमतिका लागि साथीले दबाव पो दिएका थिए कि भन्ने प्रश्न गरिएको थियो । झन्डै आधा महिलाहरू र एक चौथाइ पुरुषहरूमा पहिलो यौनसम्पर्क राख्दा यौनिक तत्परता नभएको पाइएको छ ।
पाँचमध्ये एक महिला र १० मध्ये एक पुरुषले पहिलो यौनसम्पर्कका लागि आफ्नो साथी आफू जत्तिकै तयार नभएको र दबावमा सहमति दिएको हुनसक्ने बताएका थिए । सो अध्ययनका संस्थापक प्राध्यापक काय वेलिङ्सले यौन सहमतिको कानुनी उमेर कुनै व्यक्ति यौनिक कार्यका लागि तैयार भएको सङ्केत नहुने बताएका छन् ।
प्रत्येक युवाको व्यक्तित्व फरक हुन्छ, कोही १५ वर्षमै तैयार हुन सक्छ भने कोही १८ वर्षसम्म पनि नहुन सक्छ । अर्का अध्ययनकर्ता डा.मेलिसा पाल्मरले भनिन्, ‘हाम्रो अध्ययनले युवावस्थामा पुरुषभन्दा महिला पहिलो यौन सम्पर्कका लागि आफ्नो साथीबाट दबावमा बढी पर्ने देखाएको छ ।’
यो अध्ययनले झन्डै ९० प्रतिशत युवाले पहिलो यौन सम्पर्कका बेला विश्वसनीय परिवार नियोजनका साधन प्रयोग गर्नेजस्ता केही सकारात्मक कुराहरू देखाएको भए पनि युवाहरू यौनिक सक्रियताको अवस्थामा नपुगेसम्म उनीहरूको बृहत्तर स्वस्थताका लागि थप कार्य गर्नुपर्ने देखिाएको छ । उनले विद्यालयमा दिइने यौन शिक्षामा युवाहरूलाई सुरक्षित र सकारात्मक पहिलो यौन सम्पर्कका लागि साथीसँग कसरी राम्ररी कुरा गर्न सकिन्छ भनेर सिकाउनुपर्ने आवश्यकता रहेको बताइन् ।
यदि माथिका सबै प्रश्नको सकारात्मक उत्तर आउँछ भने पहिलो यौन सम्पर्कका लागि उचित समय भएको हुनसक्छ । तर यदि तलका कुनै प्रश्नको उत्तर सकारात्मक भएमा पहिलो यौन सम्पर्कका लागि समय नभएको हुनसक्छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं