राजा वीरेन्द्र शाहले मुलुकको विकास र समृद्धिमा पुर्याएको योगदानको चर्चा गरिएको छ । राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले उनको ८० औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको अन्तरक्रियाका सहभागी वक्ताले वीरेन्द्रले देशको राष्ट्रिय स्वाधिनता तथा जनताको समृद्धिका लागि कार्य गरेको भन्दै उनको योगदानको स्मरण गरेका हुन् ।
प्रतिष्ठानका अध्यक्ष शिवहरि खनालले मुलुकमा जनताको चाहना अनुुसार २०४६ सालमा प्रजातन्त्रको पुनर्बहाली गरी बहुदलीय व्यवस्थाको घोषणा गरेका वीरेन्द्रले आर्थिक, राजनीतिक तथा सामाजिक विकासका लागि महत्वपूर्ण कार्य गरेको स्मरण गरे ।
नेपाल जागरण मिडियाका अध्यक्ष रञ्जित धमलाले असल कूटनीतिका माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय तहमा परिचित गराउन महत्वूर्ण भूमिका निर्वाह गरेका वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्वसामु राखेर शान्तिवादी राजाको छवि बनाएकाले जनताको मानसपटलमा अविस्मरणिय रहेको विचार व्यक्त गरे ।
समाजसेवी पशुपतिभक्त महर्जनले सरल स्वभावका वीरेन्द्रलाई जनप्रेमी तथा देशभक्त राजाका रुपमा चित्रण गरे । विसं २००२ पुस १४ गते जन्मिएका राजा वीरेन्द्रको २०५८ जेठ १९ गते दरबार हत्याकाण्डमा निधन भएको थियो । प्रतिष्ठान लगायत विभिन्न सङ्घसंस्थाले आज ललितपुरको जावलाखेलस्थित वीरेन्द्रको शालिकमा माल्यार्पण गरेका थिए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं