सूचनाको शक्ति - The Power Of Information

        

नेपाल प्रहरीका पाँच डीएसपीको सरुवा

नेपाल प्रहरी प्रधान कार्यालयले केही महत्वपूर्ण युनिटका डीएसपीको सरुवा गरेको छ । डीएसपी जिम्मेवारीमा सबैभन्दा आकर्षक मानिने प्रहरी बृत्त सोह्रखुट्टेमा जागेश्वर भण्डारी काज सरुवा भएका छन् ।

त्यहाँका डीएसपी सत्यनारायण थापाको कार्यकाल पूरा भएको थियोे । डीएसपी पोष्टिङको अर्को महत्वपूर्ण युनिट मानिने इलाका प्रहरी कार्यालय, सिमरा, बारामा सुभद्रा वाइवा तामाङ जाने भएकी छन् ।

त्यहाँ क्षेत्रीय विमानस्थल, भैरहवा दरबन्दी भएका डीएसपी चिरञ्जीवी दाहाल कार्यरत थिए । सिमरा सरुवा भएकी वाइवा अपराध अनुसन्धानमा कहलिएकी प्रहरी अधिकृत हुन् । प्रहरी बृत्त, सिंहदरबारमा बेदबहादुर पौडेल र हुम्ला जिल्लाको प्रहरी प्रमुखमा शंकर पोखरेल काज सरुवा भएका छन् ।

प्रकाशित मिति : १४ पुष २०८१, आइतवार २१:३९

लोकप्रिय