सूचनाको शक्ति - The Power Of Information

        

प्रहरी जवानले आफैंमाथि चलाए गोली, अवस्था गम्भीर

कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि गोली चलाउँदा गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपाने गोली लागेर गम्भीर घाइते भएका हुन् ।

शुक्रबार बेलुकी साढे ६ बजे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हतियार राख्ने कोठाभित्र न्यौपानेले आफैंमाथि गोली चलाएका थिए । अछाम घर भएका प्रहरी जवान न्यौपाने जिप्रकाको प्रबन्ध शाखामा कार्यरत थिए ।

शुक्रबार फाइरिङ तालिम राखिएको थियो । हातहतियार मिलाउने तथा रेकर्ड राख्ने जिम्मा न्यौपानेलाई थियो । न्यौपानेले हतियार राख्ने कोठामै पेस्तोल चलाएर आफूमाथि गोली प्रहार गरे ।

उनले निधारमा गोली चलाएका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार गोली लागेर गम्भीर घाइते प्रहरी जवान न्यौपानेलाई महाकाली अस्पालमा उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको छ ।

प्रकाशित मिति : १२ पुष २०८१, शुक्रबार १९:३३

लोकप्रिय