नेपाल राष्ट्र बैंकले ३ रेमिटेन्स कम्पनीको इजाजतपत्र खारेज गरेको छ । केन्द्रीय बैंकले नमस्ते रेमिट इन्टरनेशनल प्रालि, मोर्डन रेमिटेन्स प्रालि र भाटभटेनी मनि ट्रान्सफर प्रालिको इजाजतपत्र खारेज गरेको हो ।
राष्ट्र बैंकले विप्रेषण विनियमावली २०७९ को विनियम १३ को उपविनियम ५ अनुसार यी कम्पनीहरुको लाइसेन्स खारेज गरेको जनाएको छ । राष्ट्र बैंकले विप्रेषण कारोबारमा पारदर्शिता, विश्वसनीयता र नियमनको पालना नभएकाले लाइसेन्स खारेज गरिएको बताइएको छ ।
यस कदमले रेमिटेन्स सेवा क्षेत्रमा सुधार ल्याउने अपेक्षा राष्ट्र बैंकको छ । लाइसेन्स खारेज भएका कम्पनीहरुसँग लेनदेन गर्ने कुनै व्यक्ति वा संस्थाले ३५ दिनभित्र लिखित जानकारी दिन पनि राष्ट्र बैंकले आग्रह गरेको छ । यो अवधिभित्र कुनै दाबी नआएमा कम्पनीहरुको बैंक जमानत स्वतः फुकुवा हुने बताएको छ ।
राष्ट्र बैंकले दाबी गर्दा बैंक जमानतभित्र उपलब्ध रकमसम्म मात्र हिसाब हुने प्रावधान रहेको पनि स्पष्ट पारेको छ । राष्ट्र बैंकले विप्रेषण सेवा लिने वा दिने सबैलाई सचेत रहन र नियमानुसार काम गर्न आह्वान समेत गरेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं