सूचनाको शक्ति - The Power Of Information

        

जाजरकोटमा बिहानै ४.२ म्याग्निच्युडको भूकम्प

जाजरकोटमा आज बिहानै भूकम्प गएको छ । आज बिहान ६ बजेर ३६ मिनेमा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार जिल्लाको नायकवाडालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । २०८० कात्तिक १७ गते जाजरकोटकै बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा साढे एक सय बढीको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ११ पुष २०८१, बिहीबार ०७:४२

लोकप्रिय