बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका फेला परेका छन् । गत साउनदेखि अहिलेसम्म दुई वर्षमुनिका कुपोषण भएका एक हजार ५८८ बालबालिका फेला परेका हुन् । पछिल्लो समय कुपोषण भएका बालबालिकाको अवस्था घट्दो देखिएको दावी गरिए पनि कुपोषित हुने बालबालिकाको संख्या भयावह बन्दै गएको छ ।
‘जिल्लाका आठ वटै स्थानीय तहमा चालु आवको पाँच महिनामा एक हजार ५८८ बालबालिका फेला परेका छन्,’ जिल्ला स्वास्थ्य कार्यालयका पोषण फोकल पर्सन अधिकृत देवनारायण उपाध्यायले भने, ‘कुपोषणको अवस्थामा रहेका बालबालिकालाई लक्षित गरेर सङ्घ, प्रदेश र स्थानीय सररकारले पोषण विशेष कार्यक्रम सञ्चालन गर्न लागेका छौं ।’
सबैभन्दा बढी मधेसी र मुश्लिम समुदायका बालबालिकामा कुपोषणको समस्या देखिएको उपाध्यायले बताए । समाजमा रहेका विभिन्न समुदायमा फरकफरक अवस्थामा रहेका बालबालिकालाई कुपोषण भएको देखिएको बताए । उनका अनुसार सबैभन्दा धेरै जानकी र नरैनापुर गाउँपालिका र सबैभन्दा कम कोहलपुर नगरपालिकामा कुपोषणका बालबालिका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जानकी गाउँपालिकामा ३७४, नरैनापुरमा ३५१, बैजनाथमा २३५, नेपालगन्ज उपमहानगरपालिकामा २२०, राप्तीसोनारी गाउँपालिकामा १५०, डुडुवामा १०७, कोहलपुर नगरपालिकामा ६० र खजुरा गाउँपालिकामा ९१ गरी एक हजार ५८८ बालबालिकामा कुपोषणको समस्या देखिएको छ ।
कार्यालयका पोषण फोकल पर्सन उपाध्यायले सबै तहका सरकारबाट जनचेतनामूलक कार्यक्रमसहित पोषण विशेष कार्यक्रममार्फत बालबालिकामा पुगिएको बताए । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अङ्गतबहादुर शाहीले बालबालिकामा देखिएको कुपोषण घट्दोमा अवस्थामा देखिए पनि सन्तोषजनक नरहेको उल्लेख गर्दै जसरी घट्नुपर्ने त्यसरी नघटेको बताए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके