गण्डकी प्रदेशका पूर्वसांसद तथा सूर्यदर्शन सहकारीका पूर्व उपाध्यक्ष मीना गुरुङलाई ठगी प्रकरणमा कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार साँझ गुरुङलाई पोखरा–११ स्थित उनको निवासबाट पक्राउ गरिएको हो ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुद्दा दायर गरिएका प्रतिवादीमध्ये गुरुङ पनि एक हुन् । सहकारीको आर्थिक अनियमितता सम्बन्धी आरोपपछि उनीमाथि छानबिन सुरु भएको थियो । प्रहरीले उनलाई थप अनुसन्धानका लागि हिरासतमा राखेको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार मुद्दा दर्ता गरेकाहरुको सूचीमा गुरुङको नाम पनि छ । गुरुङलाई प्रहरीले फरारको सूचीमा राखेर मुद्दा दायर गरेको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता बसन्तकुमार शर्माले गुरुङ पक्राउ परेको पुष्टि गरे ।
उनले भने, ‘हामीले मीना गुरुङलाई पोखराको घरबाटै नियन्त्रणमा लिएका छौं ।’ आवश्यक कारबाही प्रक्रियाका लागि उनलाई अदालतमा पेश गरिने प्रहरीले जनाएको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री रवि लामिछानेसहितका व्यक्ति र संस्था गरी ६३ जनाविरूद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं