भक्तपुरमा हिजो मृत भेटिएका बाबुछोराको हत्यारा मृतक कुलप्रसादका जेठो छोरोले प्रहरीमा आत्मसमर्पण गरेका छन् । हत्यापछि बेपत्ता जेठा छोरा मिलन आचार्य आज आफैं महाराजगञ्ज प्रहरी वृत्तमा पुगेर आत्मसमर्पण गरेका हुन् ।
प्रहरीका अनुसार उनले बुबा र भाईको हत्या गरेको स्वीकारेका छन् । शनिबार साँझ खाना खाएर बाबु कुलप्रसाद र जेठो छोरो मिलन एउटा कोठामा, कान्छो छोरो प्रवीण अर्को कोठामा सुतेका थिए । मिलनले सोही रात दुबैको हत्या गरेको र शव हिजो फेला परेको हो ।
हत्यापछि मिलन अस्ति बिहान ३ बजे नै कोठामा बाहिरबाट ताल्चा लगाएर निस्किएको भक्तपुर प्रहरी परिसरका प्रमुख एसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । उनका अनुसार मिलन चढेको इनड्राइभ मोटरसाइकल कोटेश्वर हुँदै सातदोबाटोतिर गएको थियो ।
‘सिसिटिभी फुटेजको आधारमा उसले प्रयोग गरेको मार्गहरु पत्ता लगायौं,’ एसपी न्यौपानले भने, ‘हाम्रो अनुमान सही थियो, उनले किन हत्या गरे, सोधपुछ गर्दैछौं ।’ प्रहरीका अनुसार मिलनले आत्मसमर्पणपछि प्रेमिकासँग झगडा परेको र सोही तनाबमा विवेक गुमाएर हत्या गरेको बताएका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं