पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो । सातवटै प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
कोसी, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरू तथा कर्णाली प्रदेशको एक दुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ ।
‘काठमाडौंमा आज वर्षाको सम्भावना निकै न्यून छ । वर्षा भए पनि साँझपख मात्रै हुनेछ,’ मौसमविद् रोजन लामिछानेले भने, ‘छिटपुटदेखि हल्का वर्षा हुने सम्भावना छ ।’ मधेस प्रदेशबाहेक ६ वटा प्रदेशमा हिमपातको सम्भावना छ । वर्षासँगै हिमपातको सम्भावना छ ।
साथै बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेको छ भने काठमाडौंमा वर्षाको सम्भावना रहे पनि निकै न्यून रहेको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।
वाग्मती र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । ‘काठमाडौंमा आज दिउँसो चिसो महसुस हुनेछ । रातिबाट मौसम खुल्दै जानेछ,’ उनले भने, ‘मौसम सफा भएपछि चिसो भने केही बढ्नेछ ।’
साथै बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
विभागका अनुसार मौसममा बदली भएसँगै नेपालमा थप चिसो बढ्ने भएको छ । गत मङ्सिर अन्तिम साता नेपालमा चिसो अत्यधिक बढेर बिस्तारै घटेकामा सोमबारदेखि पुनः चिसो बढ्न थालेको विभागका मौसमविद् लामिछानेले उल्लेख गरे ।
दिउँसो न्यानो भए पनि बिहान र बेलुका चिसो बढ्ने उनको भनाइ छ । काठमाडौंमा आज बिहान पौने ६ बजेको तापक्रम ४.८ डिग्री सेल्सियस रहेको छ । दिउँसो १५ देखि १६ डिग्री सेल्सियस पुग्ने मौसम विज्ञान विभागको पूर्वानुमान रहेको छ ।
यसअघि पुस ४ गते काठमाडौँको तापक्रम ४.८ डिग्री सेल्सियस थियो । यस्तै जुम्लाको न्यूनतम तापक्रम माइनस ७.८ डिग्री पुगेकोमा पुस ४ गते त्यहाँ माइनस ७.२ डिग्री सेल्सियस थियो । अन्य क्षेत्रमा पनि न्यूनतम तापक्रम घट्दो क्रममा रहेको विभागले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं