ललितपुर जिल्ला अदालतमा उपस्थित भएकी निलम्बित प्रहरी निरीक्षक बिनु शाहीको हिरासतमा बास भएको छ । आइतबार थुनछेक बहस नसकिएपछि उनको बास हिरासतमा भएको हो ।
भैंसेपाटीमा घरजग्गा कारोबारीलाई हनि ट्रयापमा पारेर रकम असुलेको घटनामा उनलाई प्रतिवादी कायम गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मुद्दा दायर गरेको थियो । आइतबार बयान भए पनि समय अभावका कारण थुनछेक बहस भएको थिएन । बहस पुरा नभएपछि अदालतको आदेशले उनलाई हिरासतमा राखिएको हो ।
व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा भैंसेपाटी प्रभागमा कार्यरत सहायक हवल्दार महेन्द्र हमाल, सुस्मा बिक र इटहरी घर भएका ताज मूल इस्लाम र भिमादेवी थापासहित ६ जनाविरुद्ध सीआइबीले मुद्दा दायर गरेको थियो । घरजग्गा कारोबारीबाट सो समूहले ३० लाख असुलेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं