नेपालमा यस वर्षको हिउँदो दोस्रो वर्षा आज सोमबार रातिदेखि बुधबार बिहानसम्म हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तर, वर्षा पश्चिम नेपालमा केन्द्रित हुने देखिएको मौसमविद्को भनाइ छ ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले काठमाडौं र पोखरामा छिटपुट वर्षाको सम्भावना रहेको बताएका छन् । ‘अर्को वर्षा गराउने प्रणाली फेरि शुक्रबार आउँदै छ, तर त्यो पनि आधा पश्चिम नेपालमा मात्र रहने देखिन्छ,’ पोखरेलले आइतबार राति सामाजिक सञ्जालमार्फत भनेका छन् ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार पनि पश्चिमी वायुको प्रभावले देशको पश्चिम भूभागमा आज दिउँसोदेखि बदलीको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना रहेको जनाउँदै कँडेलले आज सोमबार दिउँसोदेखि नै बादल र राति र मंगलबार वर्षा र हिमपातको सम्भावना रहेको बताइन् ।
‘वर्षा भनेर त्यस्तो ठूलो होइन, हल्का वर्षाको सम्भावना छ,’ उनले भनिन्, ‘हिमपात भने हल्कदेखि मध्यमसम्मको सम्भावना छ ।’ यी चार प्रदेशका पनि सबै ठाउँमा पानी नपर्ने उनले स्पष्ट पारिन् । केही स्थानमा मात्र वर्षाको सम्भावना रहेको उनले बताइन् । गएको मंसिर २३ र २४ गते देशका केही स्थानमा यस वर्षको हिउँदको पहिलो वर्षा भएको थियो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं