नेपाल प्रिमियर लिग (एनपीएल)ले आज (शनिबार) पहिलो विजेता पाउनेछ । एनपीएलको पहिलो उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस भिड्दै छन् । दुवै टोली उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रिँदैछन् । उपाधि महाभिडन्त मध्याह्न साढे १२ बजे शुरू हुनेछ ।
सुदूरपश्चिमसामु आफ्नो परिचित प्रतिद्वन्द्वीमाथि जितको ह्याट्रिक गरेर उपाधि जित्ने अवसर छ भने जनकपुरसामु दुई हारको मीठो बदला लिएर उपाधि उचाल्ने अवसर छ । फाइनलअघि दुवै टीमका कप्तान आत्मविश्वासी देखिएका छन् । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले मैदानमा शत प्रतिशत योगदान दिने र उपाधि जित्ने विश्वास व्यक्त गरे ।
फाइनल खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कप्तान ऐरीले फाइनलका कुनै विशेष योजना नबनाएको बताए । उनले भने, ‘त्यस्तो कुनै विशेष योजना छैन । दुई टिममध्ये एउटाले जित्ने हो । हामी मैदानमा शतप्रतिशत दिन्छौँ ।’ यस्तै, जनकपुरका कप्तान आशिफ शेखले पनि फाइनल खेलमा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।
‘आफूसँग जे जति छ, त्यो मैदानमा दिनेछौँ । फाइनल खेलको नतिजाका बारेमा अहिले नै सोचेका छैनौँ तर उत्कृष्ट प्रदर्शन गर्नेछौँ । क्वालिटी क्रिकेट खेल्छौं, उनले भने । सुदूरले लिग चरणमा खेलेका सातमध्ये ६ खेल जितेको थियो भने चितवन राइनोजसँग मात्र पराजित भएको थियो । जनकपुरले लिग चरणमा चितवनसहित सुदूरपश्चिमसँग पनि हार व्यहोरेको थियो ।
जनकपुरले लिग चरणमा ७ मध्ये ५ खेल जितेर दोस्रो स्थानमा रहेको थियो । एनपीएलमा जनकपुर र सुदूरपश्चिम तेस्रोपटक भिड्न लागेका हुन् । यसअघि नै दुईपटक यी टोलीबीच खेल भइसकेको छ । जनकपुर दुईपटक सुदूरपश्चिमसँग पराजित भएको थियो । पहिलो क्वालिफायरमा जनकपुर सुदूरसँगै पराजित भएको थियो । दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई हराएर जनकपुर फाइनल पुगेको हो ।
जनकपुरले सुदूरपश्चिम विरुद्धकै खेलमा एनपिएलकै खराब ब्याटिङको कीर्तिमानमा बनाएको थियो । १२४ रनको लक्ष्य पछ्याएको जनकपुरले सुदूरपश्चिमविरुद्ध पूरै ओभर पनि क्रिजमा बिताउन सकेन । ८ ओभरअघि नै ५१ रनमा अलआउट भएको थियो । आठ टीम सहभागी प्रतियोगितामा कर्णाली याक्स तेस्रो भएको थियो । चितवन राइनोज चौथो भएको थियो । प्रतियोगिताको विजेताले एक करोड १० लाख र उपविजेताले ५० लाख रुपैयाँ पाउने छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं