कार्डियक अरेस्ट हुँदा मानिसको मुटुले रगत पम्प गर्न बन्द गर्छ । जसका कारण बिरामीले राम्रोसँग सास फेर्न पाउँदैनन् । धेरैजसो अवस्थामा, कार्डियक अरेस्टबाट पीडित व्यक्ति बेहोस हुन्छ । कार्डियक अट्याकमा रगत मुटुमा पुग्छ तर राम्रोसँग पम्प हुँदैन । जसका कारण रगत र अक्सिजन अन्य अंगमा पुग्न सक्दैन ।
यस्तो अवस्थामा शरीरका अन्य अंगले काम गर्न छाड्छ । मुटुको धड्कन पनि बन्द हुन्छ र व्यक्ति सास फेर्न पनि असमर्थ हुन्छ । हृदयघातमा पनि कार्डियक अरेस्ट हुन सक्छ । प्रायः दीर्घरोग भएका व्यक्तिमा अचानक हृदयघात हुने जोखिम बढी हुन्छ । जस्तै, मधुमेह, उच्च रक्तचाप, कोलेस्टेरोल जस्ता दीर्घरोग भएकाहरुले एस्प्रिन भन्ने औषधि बोकेर हिंड्नु उचित हुन्छ ।
हृदयघात लगत्तै यो औषधि खान पाएमा धेरै राहत मिल्छ । अत्यधिक धुम्रपान गर्ने व्यक्तिमा पनि यसको जोखिम उत्तिकै बढी हुन्छ । दीर्घरोग नभएका व्यक्ति जसको परिवारमा कसैलाई पहिला नै मुटुरोग छ भने पनि त्यो परिवारको सदस्यमा यसको जटिलता थपिन सक्छ ।
कार्डियक अरेस्ट र हार्ट अट्याकमा धेरै भिन्नता छ । मुटुमा रगत नपुगेपछि हृदयघात हुन्छ तर कार्डियक अरेस्टमा मुटुले एक्कासी काम गर्न छाड्छ । जब धमनीमा रगत प्रवाह रोकिन्छ वा बन्द हुन्छ, तब मुटुको त्यो भाग अक्सिजनको कमीले मर्न थाल्छ । अर्कोतर्फ, कार्डियक अरेस्टमा मुटुको धड्कन अचानक बन्द हुन्छ । यस्तो हुँदा जे पनि हुन सक्छ ।
यदि हामी दुई मध्ये सबैभन्दा खतरनाक बारे कुरा गर्छौं भने, यो कार्डियक अरेस्ट हो । किनकी यसमा कुनै लक्षण देखिदैन । जबकि हृदयघातको लक्षण ४८ देखि २४ घण्टा अगावै देखिन थाल्छ । हृदयघातमा, बिरामीले निको हुने र आफ्नो जीवन बचाउने मौका पाउँछ । जबकि कार्डियक अरेस्टमा कुनै सम्भावना छैन ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं