पश्चिम नेपालकै एक मात्र ठुलो आँखा अस्पताल नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पतालमा १५६ जनाको आँखाको नानी प्रत्यारोपण गरिएको छ । पाँच महिना अघिबाट मात्र कर्निया सर्जरी सुरु भएको सो अस्पतालमा मङ्सिर मसान्तसम्म १५६ जनाको आँखाको नानी प्रत्यारोपण सेवा प्रदान गरिएको अस्पतालका कर्निया विशेषज्ञ डा.राजशी श्रेष्ठले बताइन् ।
यसअघि नेपालगन्जमा कर्नियाको सर्जरी सेवा थिएन । फत्तेबाल आँखा अस्पतालमा डा.श्रेष्ठ यो सेवाको सुरुवात गरेकी हुन् । उनका अनुसार सानो समयमै यस क्षेत्रका र भारतका धेरै जनाको आँखाको नानी प्रत्यारोपण गर्न सकिएको जनाउँदै यहाँ कर्निया सर्जरी सुरु गरिएपछि बिरामीलाई सहज भएको छ । आँखाको प्रकृति अनुसार २२ हजारदेखि ३३ हजार रुपैयाँसम्म शुल्क लिएर आँखाको नानी प्रत्यारोपण हुँदै आएको फत्तेबाल आँखा अस्पताल जनाएको छ ।
१० देखि ८० वर्ष उमेरसम्मका व्यक्तिको आँखाको नानी प्रत्यारोपण गरिएको समेत जानकारी अस्पतालका कर्निया बिशेषज्ञ डा. श्रेष्ठले बताइन् । काठमाडौँस्थित तिलगंगा आँखा प्रतिष्ठानमा मात्र आई बैंक सञ्चालनमा रहेका कारण तिलगंगा आँखा अस्पतालबाट आँखाको नानी ल्याएर अस्पतालमा सफलतापूर्वक प्रत्यारोपण सेवा प्रदान भइरहेको जनाइएको छ ।
फत्तेबाल आँखा अस्पतालमा आँखाको उपचारका लागि भारतका विभिन्न स्थानबाट दैनिक ठुलो संख्यामा मानिस आउने गरेको छन् भने पश्चिम नेपालका लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट पनि सर्वसाधारण आँखा उपचारका लागि आउने गरेको अस्पतालका कार्यक्रम अधिकृत उमेर अहमद सादिकले बताए । उनले सो अस्पतालले बाँके लगायत विभिन्न जिल्लाका पालिकाहरुमै पुगेर निशुल्क आँखा उपचार शिविर आयोजना गरि आँखा परीक्षण तथा उपचार गर्दै आएको बताए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके