दसैँ तिहार र छठ जस्ता महत्त्वपूर्ण चाडपर्व मनाउन स्वदेश आएका पश्चिम नेपालका पहाडी जिल्लाका नेपाली युवा रोजगारीका लागि फेरि भारत फर्किन थालेका छन् । स्वदेशमा रोजगारी नभएपछि फेरि एक पटक नेपाली युवा रोजगारीका लागि भारतका विभिन्न ठुला सहरतर्फ जान थालेका हुन् ।
कर्णाली र लुम्बिनी प्रदेशका पहाडी जिल्लाका युवा अहिले फेरि दैनिक रोजगारीका लागि भारततर्फ गइरहेको बाँकेस्थित नेपाल भारत नाकामा रहेको जमुनाह प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय, जमुनाहाका प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीले चाडपर्व सकिएपछि फेरि दैनिक भारतजाने नेपालीको संख्या बढ्दै गएको बताए ।
उनले अहिले दैनिक ३०० देखि ५०० को हाराहारीमा नेपाली युवा कामका लागि भारततर्फ गइरहेको जनाए । भारत जानेहरुमा अहिले सबैभन्दा बढी पन्जाब, सिमला, अहमदाबाद, हरियाणा गुजरात लगायतका स्थानमा गइरहेको पाइएको इलाका जमुनाहा प्रहरी कार्यालयले जनाएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके